हर्क साम्पाङ : हावादारी पोस्टका कारण खस्कँदो साख, समाजशास्त्री र मनोविद्को यस्तो सुझाव
ज्यान धरानमा, ध्यान काठमाडौंमा
मेयर साम्पाङका सबै पोस्ट गलत वा नराम्रा मात्रै हुँदैनन्। कतिपय पोस्टहरू तार्किक र जायज पनि हुन्छन्। तर धेरैजसो हावादारी पोस्ट र आफ्नै प्रशंसाका पुलिन्दा भएकाले राम्रा पोस्टहरू छायाँमा पर्न थालेका छन्। आफ्नो कार्यक्षेत्र बाहिरको विषयमा अनावश्यक टिप्पणी गर्नु उनको ठूलो कमजोरी रहेको जानकार बताउँछन्।
काठमाडौं। ९ जेठमा देशैभरिको नजर एउटै तस्वीरमा ध्यानाकृष्ट थियो। तस्वीर थियो, धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्क साम्पाङ राईको शपथको।
अग्रपङ्क्तिमा थिए, जिल्ला निर्वाचन अधिकृतसमेत रहेका सुनसरी जिल्ला अदालतका १ नम्बर न्यायाधीश कैलाश सुवेदी र उनको सामुन्ने थिए, नवनिर्वाचित मेयर साम्पाङ। राजनीति र उमेरले अनुभवी, परिपक्व जनप्रतिनिधि उनीहरूभन्दा पछिल्लतिर बसेर शपथग्रहणको दृश्य हेरिरहेका थिए।
विद्रोही स्वभावको पहिचान बनाएका साम्पाङ दलीय उम्मेदवारलाई पछार्दै स्वतन्त्र रूपमा विजयी भएका थिए। त्यही भएरै देशैभरको ध्यान उनले तानेका थिए। वर्षौ अघिदेखि मानिसले हेर्न चाहेको तर, नपाएको त्यो दृश्य थियो त्यो। जसले नयाँ युगको प्रतिनिधित्व गरिरहेको देखिन्थ्यो।
म्याद नाघेका नेता र तीनका दलबाट वाक्क भएका नागरिकले परिवर्तन खोजिरहेका थिए। भरोसा गर्न लायक नयाँ अनुहारको खोजीमा रहेकालाई साम्पाङ परिवर्तनको संवाहक बन्ने अपेक्षा थियो।
म्याद नाघेका नेता र तीनका दलबाट वाक्क भएका नागरिकले परिवर्तन खोजिरहेका थिए। भरोसा गर्न लायक नयाँ अनुहारको खोजीमा रहेकालाई साम्पाङ परिवर्तनको संवाहक बन्ने अपेक्षा थियो।
चुनावी एजेन्डामा उनले धराने जनताले अभाव भोगिरहेकै विषय उठाएका थिए। शपथ लिँदा पनि प्रतिबद्धता व्यक्त गरे, ‘‘धरानको खानेपानीदेखि सुकुम्वासी समस्या, स्वास्थ्य क्षेत्रको बेथिति, सुशासन गर्छु।’’ शपथ ग्रहणको भोलिपल्टै उनी लागे सार्दुखोलातिर। किनकि धरानको खानेपानीको समस्या समाधान गर्ने उनको अर्जूनदृष्टी थियो।
काकाकुल बनेका धराने जनतालाई पानी पिलाउने सपना पुरा गर्न उनी आफै सार्दुखोलामा ढुङ्गा बोक्न कस्सिए। सुन्दर सहर धरानको दायाँबायाँ बग्छन् सर्दु र सेउती खोला। दायाँबायाँ दुई खोला बग्ने भए पनि धरानका वासिन्दाले पर्याप्त पानी उपभोग गर्न पाएका छन्।
लाहुरेहरूको सहर भनिने धरानको पानीको तिर्खा पूरा नभएको वर्षौँ भइसक्यो। यसैले साम्पाङको हैँसेमा होस्टे गर्न सिङ्गो नगर मात्र उर्लिएन वरपरका जिल्लाबाट समेत मानिसहरू आए।
आफ्नो पछि लागेर गिट्टी कुट्न, ढुङ्गा बोक्न उर्लिएको भीड देखेर उनले श्रमदानकै अभियान चलाए। धरान मात्रै नभएर सिङ्गो देशैबाट उनले समर्थन पाए। विशेष गरी युवा पिँढी बढी उत्साहित र आकर्षित बने, उनको नेतृत्वप्रति।
मेयरमा जितको सुरुवाती राजनीतिको यो सुखद पक्ष थियो। नैतिक बल र आत्मविश्वास उच्च रहेका मेयर साम्पाङको लोकप्रियताले उचाइ लिँदै थियो थियो। साउन मसान्तमा जब उनी काठमाडौं आएर फर्किए त्यसपछि उल्टो यात्रा शुरु भयो।
काठमाडौं आएर फर्केपछि साम्पाङ काठमाडौँका मेयर बालेन शाहविरुद्ध जाईलाग्न थाले। सामाजिक सञ्जालमा आफूले गरेको पोस्टमा जति नकारात्मक प्रतिक्रिया आयो त्यति नै जिहाद छेड्न थाले। नकारात्मक कमेन्ट गर्नेमाथि गालीगलौजमा उत्रन थाले। त्यतिले पनि नपुगेर मुद्दा चलाउनेसम्मका चेतावनी दिन थाले ।
काठमाडौं आएर फर्केपछि साम्पाङ काठमाडौँका मेयर बालेन शाहविरुद्ध जाईलाग्न थाले। सामाजिक सञ्जालमा आफूले गरेको पोस्टमा जति नकारात्मक प्रतिक्रिया आयो त्यति नै जिहाद छेड्न थाले। नकारात्मक कमेन्ट गर्नेमाथि गालीगलौजमा उत्रन थाले। त्यतिले पनि नपुगेर मुद्दा चलाइनेसम्मका चेतावनी दिन थाले ।
फेसबुकमा स्टाटसको ओइरो लगाउँदै आएका मेयर साम्पाङका पोष्ट अलि हावादारी हुन थालेका छन् । उनका पोष्टमा घमन्ड र अहमता झल्किन्छ । स्ट्याटसको बाढी र त्यसका विषयवस्तुका कारण उनको छविमै धक्का लागेको छ ।
ज्यान धरानमा, ध्यान काठमाडौंमा
साउन अन्तिम साता काठमाडौं आएका धरानका मेयर हर्क साम्पाङले विभिन्न नेतासँग भेट गरे । गृहनगर फर्किएपछि १ भदौमा फेसबुकमा एउटा रमाइलो पोस्ट गरे। ‘‘जसले जे भनोस् तर म काठमाडौं नगएको भए फोहोर उठ्ने थिएन रैछ! कमसे कम काम त शुरु गरे’ उनले लेखे।
सोही पोस्टमा काठमाडौं महानगरपालिकामा मेयर बालेन्द्र साहले पनि रमाइलै प्रत्युत्तर फर्काए। ‘हो नि! तपाईँकै लौरो चुनाव चिह्न लिएर मैले चुनाव पनि जितेको हो नि’ बालेनले कमेन्ट गरे।
त्यसअघि उनले उनले २९ साउनमा ‘काठमाडौं शहरको बिजोग देखेर श्रमदान गर्न मन लागेको’ भन्दै लेखेका थिए। ल्याण्डफिल साइटको समस्याले काठमाडौं महानगरपालिकाको फोहोर उठ्न नसकेकोप्रति उनको व्यङ्ग थियो। जुन बेला काठमाडौंमा फोहोर थुप्रिएको थियो।
काठमाडौं महानगरले गैरकानूनी संरचना भत्काउने र अन्डरग्राउन्ड पार्किङको ठाउँमा राखिएको पसल हटाउने अभियान चलाएपछि साम्पाङले विरोध गरे। महानगरको पछिल्लो अभियानले काठमाडौँका मेयर बालेन साहले सामाजिक सञ्जालमा वाहवाही बटुले। तर, धराने मेयर साम्पाङको प्रतिक्रिया भने फरक देखियो । साम्पाङले लेखे, ‘गुण्डागर्दीको शैलीमा विकास हुँदैन। जनताभन्दा ठूलो कोही हुँदैन।’
बालेन साहले सामाजिक सञ्जालमा वाहवाही बटुले। तर, धराने मेयर साम्पाङको छटपटी बढ्यो। सायद बालेनको लोकप्रियताले उनलाई पोल्यो। बालेनविरुद्ध स्ट्याटस पोस्ट गरे, ‘गुण्डागर्दीको शैलीमा विकास हुँदैन। जनताभन्दा ठूलो कोही हुँदैन।’
साम्पाङले उठाएको यो विषय गलत होइन। तर, कुन पृष्ठभूमिमा र कसरी कुन नियतले उठाएका छन् भन्ने प्रश्नका कारण उनी विवादमा परे। धेरैलाई लाग्यो ‘ सामान्य विषयलाई लिएर उनले बालेनको विरोध गरिरहेका छन् ।’
साम्पाङले यसरी लगातार विरोधमा लेख्न थालेपछि बालेनका समर्थक पनि प्रतिकारमा उत्रन थाले । उनीहरुले साम्पाङलाई ट्रोल गर्न थाले । ‘हर्के त हवल्दार पनि हुन्छ, मेयर भनेको त बालेन जस्तो पो हुनुपर्छ’ भन्नेसम्मको कमेन्ट गर्न थालियो। केहीअघिसम्म सबैजसो पोस्टमा शतप्रतिशत समर्थनवाला कमेन्ट पाइरहेका साम्पाङमाथि अहिले गाली बर्सन थालेको छ ।
एउटा क्षेत्रको जनप्रतिनिधिले अर्को क्षेत्रको जनप्रतिनिधिलाई लक्षित गर्दै सार्वजनिक अभिव्यक्ति दिनुलाई धेरैले शोभनिय मान्न सकेका छैनन्। त्यसमाथि उनीहरू फरक आस्था विचार राख्ने दलका नभएर स्वतन्त्र रूपमा जितेका हुन्।
‘जेपीटी’ पोष्टले असल विचार छायाँमा, आलोचकप्रति असहिष्णु
प्राय पब्लिक फिगरहरूले आफ्नो कुनै स्ट्याटस विवादमा पर्यो भने त्यसलाई हटाउने, सच्याउने तथा माफी माग्दै गल्ती नदोहोर्याउने प्रतिबद्धता व्यक्त गर्छन्। तर, मेयर साम्पाङ भने आवेशमा आएर लेखेका ‘जेपीटी पोस्टहरू’ न त हटाउँछन् न त सच्याउँछन् नै। माफी माग्नु त परको कुरा आलोचकलाई छुद्र गाली गर्दै एकपछि अर्को स्ट्याटस लेखिरहन्छन्।उनले एकैदिन दर्जनौँ पोस्ट गर्छन्।
बिहीबार बिहान १० बजेसम्म २० वटा पोस्ट गरेका उनले शुक्रबार सोही समयसम्म २२ वटा पोस्ट गरेका थिए। पोस्टमा जति आलोचना आयो उत्ति नै नयाँनयाँ पोस्ट मार्फत भडाँस पोखिरहेका छन्।
मेयर साम्पाङका सबै पोस्ट गलत वा नराम्रा मात्रै हुँदैनन्। कतिपय पोस्टहरू तार्किक र जायज पनि हुन्छन्। तर धेरैजसो हावादारी पोस्ट र आफ्नै प्रशंसाका पुलिन्दा भएकाले राम्रा पोस्टहरू छायाँमा पर्न थालेका छन्। आफ्नो कार्यक्षेत्र बाहिरको विषयमा अनावश्यक टिप्पणी गर्नु उनको ठूलो कमजोरी रहेको जानकार बताउँछन्।
मेयर साम्पाङका सबै पोस्ट गलत वा नराम्रा मात्रै हुँदैनन्। कतिपय पोस्टहरू तार्किक र जायज पनि हुन्छन्। तर धेरैजसो हावादारी पोस्ट र आफ्नै प्रशंसाका पुलिन्दा भएकाले राम्रा पोस्टहरू छायाँमा पर्दै आएको छ।
उनको यति पोस्ट हेर्दा लाग्छ, उनी प्रशंसाको भोका छन्। केही दिनअघिसम्म शतप्रतिशत सकारात्मक कमेन्ट आइरहेका उनले गाली खान थालेपछि सहन गाह्रो परेको बुझ्न सकिन्छ। यसकारण उनले अहिले आफ्नो प्रशंसामा गाइएका गीतहरू, आफ्नो समर्थनमा अरूले लेखेका स्ट्याटस समेत शेयर गरिरहेका छन्। आफूले मात्रै राम्रो काम गरेको र आफ्नो योजना र भिजनमा सबै हिँड्नुपर्ने खालको घमन्ड उनको पोस्टमा देख्न सकिन्छ ।
उनले आफूलाई तत्कालै केही साताअघिको समयमा फर्काए अर्थात् अनावश्यक विषयमा नबोल्ने र सामाजिक सञ्जाल कम चलाएमा मात्रै पनि लोकप्रियताको खस्कँदो ग्राफ थामिने थियो भन्ने शुभचिन्तकलाई लागेको छ ।
उनलाई नजिकबाट नियाल्ने समाजशास्त्रीभन्छन्, ‘‘राजनीतिक दलहरूले आँखा चिम्लिएका नागरिकका समस्या र स्थानीय बेथितिलाई नै मुख्य मुद्दा बनाएर अभियान चलाउँदै आएका थिए। उनले चुनाव जितेपछि देशभरिबाट समर्थन र सहानुभूति पनि पाए। तर, आफूसँग असम्बन्धित विषयमा बोल्ने, लेख्ने, आलोचकलाई गाली गर्ने गरेपछि उनका राम्रा कामहरू पनि छायाँमा पर्न थाल्यो।’’
शुभेच्क्षुकहरुको चाहना–सुध्रिदिए हुन्थ्यो
पहिला सडकमा एउटा हाते माइक बोकेर एक्लै पनि भ्रष्टाचारविरुद्ध आवाज उठाइरहने उनी अहिले मेयर भएपछि सेलिब्रेटी बनेका छन्। उनलाई विश्वभरका नेपालीले चिन्छन्। चुनाव अघिसम्म उनलाई नपत्याउनेहरू आज उनलाई भेटेर फोटो खिच्न धरानसम्म धाइरहेका छन्।
‘हर्क साम्पाङ ए रेभुलुसन’ उनको फेसबुकको यो पेजमा चुनाव अघिसम्म करिब एक लाख मानिसले फलो गरेका थिए। अहिले ४ लाख ६० हजार हाराहारी फलोअर्स छन्। धेरैले हर्क साम्पाङ एक्कासि चर्चामा आएको ठाने पनि यसका लागि उनले धेरै लामो संघर्ष गरेका छन्। तर, फेसबुकमा अनावश्यक विषयमा लेखेकै कारण विवादमा परेपछि उनले ‘त्यसो नगरिदिए हुन्थ्यो’ भन्नेहरू धेरै छन्।
उनका धेरैजसो पोष्टका कतिपय कमेन्टमा उनलाई धेरै नलेख्न र सुध्रिन आग्रह गरिएका देख्न सकिन्छ। उनलाई धेरैले रुचाउनुमा उनको विकासप्रतिको लगाव र त्यसमा जनसहभागीताको मोडल नै रहेको समाजशास्त्री बताउँछन्।
दीपेश घिमिरे, समाजशास्त्री
समाजशास्त्री दीपेश घिमिरे भन्छन् –
‘‘विकासको प्रक्रिया नागरिकताको सहभागिता र सक्रियता अवधारणा अभियान असाध्यै सकारात्मक पाटो हो। विकासमा नागरिकताको जति सहभागिता हुन्छ, त्यो काम उत्तिकै छिटो सफल हुन्छ। उनीहरूको अपनत्व पनि हुन्छ। सबैले संरक्षण पनि गर्छन्। मैले कर तिर्छु म काममा सहभागी हुँदिन भन्नुभन्दा म विकासको काम गर्छु भनेर नागरिकताको जनसहभागिता हुँदा उनीहरूले बढी अपनत्व महसुस गर्छन् र दिगो समयसम्म विकासको राम्रो प्रभाव पर्छ। यो अभियान चलाउने र जगाउने मेयर साम्पाङको धेरै राम्रो काम हो। यसैबाट धेरै मानिस उहाँबाट प्रभावित भएका हुन्।’’
साम्पाङको एटिच्यूड – ‘ म नै सर्वविज्ञ हुँ ’
मेयर साम्पाङमा यति विशिष्ट क्षमता हुँदाहुँदै पनि आफ्नो क्षेत्राधिकार नबुझ्दा र दम्भले थिचेकाले त्यसो भएको हुनसक्ने समाजशास्त्री घिमिरेको अनुमान छ।
‘‘उहाँको गतिविधि हेर्दा आफ्नो क्षेत्राधिकार के मात्रै हो भन्ने बारेमा सल्लाह दिने टिमको खाँचो देखिन्छ। उहाँले हिजो एउटा सेन्टिमेन्टले चुनाव जित्नुभयो। त्यो सेन्टिमेन्टबाट चुनाव जितेपछि जे भए पनि दम्भ हुन्छ। त्यो दम्भले उहाँलाई थिच्दै लगेको हो कि भन्ने आशंका छ। उहाँले धरान अन्तरगतको बारेमा जति चासो राख्नु स्वाभाविक हो, काठमाडौंको मेयरका बारेमा उहाँको चासो र टिप्पणी असान्दर्भिक हुन्छन्। यदि काठमाडौंका मेयरले धरानको बारेमा धेरै चासो राखेका छन् भने पनि असान्दर्भिक हुन जान्छ। साम्पाङको क्षेत्राधिकार, जिम्मेवारी, दायित्व र लक्ष्य के हो भन्ने बारेमा प्रस्ट्याउने झकझक्याउने सल्लाहकार टिमको तुरुन्तै खाँचो परेको देखिन्छ। उहाँको एटिच्यूड कस्तो छ भने म नै सबै कुरामा विज्ञ छु। जानकार छु, बुझ्दछु भन्ने किसिमले अघि बढेको देखिन्छ। त्यो कुराबाट उहाँ जति छिटो निस्किनुहुन्छ, धरानका लागि राम्रो हुन्छ ।’’
फेसबुक स्ट्याटसको लत र समयको बर्बादी
हरेक मानिसले गर्नुपर्ने काम, आराम, सामाजिक कामको पनि दायरा हुने र त्यसको सीमामा बस्नुपर्ने मनोविद् डा वासुदेव कार्की बताउँछन्। मानिस सामाजिक प्राणी भएकाले सामाजिक संम्बधहरू सँगै बसेर सामाजिक ढङ्गले भावनात्मक रूपमा पनि निभाउनुपर्नेमा अहिले बढी जसो मेकानिकल भइरहेको उहाँको विश्लेषण छ।
यो अवस्थामा देखावटी र बनावटी होडबाजीमा मानिस रमाएकाले वास्तविक जीवन एउटा र भर्चुअल जिन्दगी अर्को बाच्नेहरू धेरै रहेको डा कार्की बताउँछन्। यसलाई समयमै सीमामा बाध्य नसकिएमा धेरै नकारात्मक असर पार्ने उनको बुझाइ छ।
अहिलेको जमाना प्रविधिको भए पनि आवश्यकता अनुसार प्रयोग गर्न विज्ञले जोड दिँदै आएका छन्। तर, मेयर साम्पाङको गतिविधि हेर्दा उनले आफ्नो प्रविधि प्रयोगको समय घटाउनुपर्ने र सोसल मिडियामा पोस्ट सोचविचार गर्नुपर्ने मनोविद्हरू बताउँछन्। साम्पाङ सामाजिक सञ्जालसँग डराउनैपर्ने अवस्था नभए पनि लेख्दा सचेत हुनुपर्ने मनोविद् कार्कीको सुझाव छ।
डा वासुदेव कार्की,मनोविद्
आजको विश्व इन्टरनेटबिना बाँच्नै नसक्ने भएको छ। धेरै नेपाली यसमै रमाइरहँदा मेयर साम्पाङले भने किन नचलाउने त?’ यो प्रश्नमा मनोविद् कार्की भन्छन् – ‘‘सामाजिक सञ्जाल भएकाले हरेक प्रयोगकर्ताले आफैं सचेत हुनुपर्छ। के पोस्ट गर्ने ? के सेयर गर्ने भन्ने कुरा गर्नुअघि सोच्नु आवश्यक छ। मेयर साम्पाङ प्राय समाजसँगै हुन्छन्, यो असाध्यै राम्रो हो। तर उहाँको बढीजसाे देखाउने र प्रचार गर्ने प्रवृत्ति छ। सामाजिक सञ्जाल भनेको देखाउने माध्यम हो। तर कतिसम्म देखाउने ख्याल गर्नुपर्छ। मेयर साम्पाङको हकमा उहाँका धेरै पोस्टहरू अनावश्यक देखिन्छन्। जुन पोस्ट नगरेको भए राम्रो हुने खालका छन्। यो त्यहाँ धेरैले कमेन्टमार्फत नै भनिरहेका छन्। राम्रो पोस्ट लेखेकै कारण खालि खाएको होइन कि, अनावश्यक विषयमा चासो राखेकाले गाली खाएका देखिन्छन्। यसलाई उहाँले सुर्धानुपर्छ।’’
Facebook Comment
Comment