युक्रेनका राष्ट्रपति जेलेन्स्कीद्वारा युद्धग्रस्त सहरको भ्रमण

नेपालभ्युज

युक्रेनका राष्ट्रपति जेलेन्स्कीद्वारा युद्धग्रस्त सहरको भ्रमण

काठमाडौं। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धग्रस्त सहर माइकोलाभ र ओडेसाको भ्रमण गरेका छन्।

रुस–युक्रेन युद्धकाबीच तहसनहस भएको युक्रेनका सहरको भ्रमणका क्रममा उहाँले युद्धसँग जुधिरहेका सेनाको हौसला बढाउनुका साथै विभिन्न अस्पतालमा रहेका घाइते, डाक्टर र स्वास्थ्यकर्मीसँग भेटघाट गरेको बीबीसीले जनाएको छ।

यी दुवै सहरमा पछिल्लो समय रुस र युक्रेनका सेनाबीच युद्ध भइरहेको छ। यसअघि उहाँले किएभ पुगेका पश्चिमी राष्ट्रका नेतासँग पनि भेटघाट गर्नुभएको थियो।

रुस–युक्रेन युद्धमा अहिलेसम्म ४ हजार ५ सय नागरिक मारिएका र १ करोड ३० लाखले युक्रेन घरबास छाडेका संयुक्त राष्ट्र सङ्घले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved