काठमाडौं । धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त भएको छ ।
वैदेही नगरपालिकाको दुहबीस्थित नेपाल–भारत सीमानजिक प्रहरी र तस्करबीच भिडन्त भएको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कालीदास धौवजीले जानकारी दिए ।
घटनामा सशस्त्र प्रहरीका ३ जना घाइते भएका छन् ।
डीआईजी धौवजीकाअनुसार तस्करको समूहले अवैध सामान ल्याएको सूचनाको आधारमा सशस्त्रको टोली घटनास्थलमा पुगेको थियो । “करिब सयदेखि डेढ सयसम्मको संख्यामा तस्कर रहेछन् । शंका लागेर खानतलास लिँदा तस्करहरूले आक्रमण गरे । त्यसक्रममा ३ जना घाइते भएका छन्,” उनले भने ।
स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले सुरुमा केही राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । तर, पछि हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिइएको डीआईजी धौवजीले जानकारी दिए ।
घाइते प्रहरीको उपचार भइरहेको उनले बताए ।
Facebook Comment
Comment