पृथ्वीसुब्बा गुरुङ बोल्दा पोखरामा एमाले समर्थकको नारा ‘अन्तर्घाती मुर्दावाद’

उममेयरसहित केही वडामात्रै जितेपछि पोखरामा एमालेभित्रको गुटबन्दीविरुद्ध कार्यकर्ताहरुले नाराबाजी गरेका हुन्।

नेपालभ्युज

पृथ्वीसुब्बा गुरुङ बोल्दा पोखरामा एमाले समर्थकको नारा ‘अन्तर्घाती मुर्दावाद’

कास्की। २०७४ को स्थानीय चुनावमा मेयर र उपमेयर दुवैमा भारी मतान्तरसहित जित निकालेको पोखरा महानगरपालिकाको मेयर पद गुमाएपछि नेकपा एमालेभित्र अहिले अन्तर्द्वन्द्व चर्किएको छ।

पोखराका एमाले कार्यकर्ताले पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई नै अन्तर्घात गरेको आरोप लगाएका छन्। उममेयरसहित केही वडामात्रै जितेपछि पोखरामा एमालेभित्रको गुटबन्दीविरुद्ध कार्यकर्ताहरुले नाराबाजी गरेका हुन्।

महानगरमा एमालेबाट मेयरका उम्मेदवार कृष्ण थापा पाँच दलीय गठबन्धनका तर्फबा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यसँग पराजित भएका थिए। तर, उपमेयरमा भने गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवारलाई पन्छाउँदै एमाले उम्मेदवार तथा निवर्तमान उपमेयरसमेत रहेकी मञ्जुदेवी गुरुङ विजयी भइन्।

उनै गुरुङको विजयी सभामा सहभागी हुँदा उपमहासचिव गुरुङविरुद्ध समर्थक तथा कार्यकर्ताहरुले नाराबाजी गरेका हुन्। पोखरामा उपमहासचिव गुरुङ र नेता खगराज अधिकारीको समूहबीचको गुटगत लडाइँले मेयर गुमाएको भन्दै कार्यकर्ताले नाराबाजी गरेका हुन्।

गण्डकीका संस्थापक मुख्यमन्त्री तथा एमाले प्रदेश संसदीय दलका नेतासमेत रहेका उपमहासचिव गुरुङ बोल्न शुरु गरेलगत्तै सभामा सहभागीहरुले नाराबाजी थालेका थिए। उनीहरुले ‘अन्तर्घाती मुर्दावाद’, ‘अडियो भिडिओ काण्ड सार्वजनिक गर’, ‘अन्तर्घाती होसियार’ जस्ता नारा लगाएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved