जनकपुरधाम। धनुषाको धनौजी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ। अध्यक्षमा कांग्रेसका राजकुमार साह ९९ मतान्तरले विजयी भएका हुन्।
उनले दुई हजार २६२ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका जीवेन्द्र झाले दुई हजार १६३ मत ल्याएका छन्। त्यस्तै नेकपा एमालेका रामबाबु साहले एक हजार ४९५ र नेकपा एकीकृत समाजवादीका राजकुमार यादवले एक हजार २८९ मत ल्याएका छन्।
उपाध्यक्षमा कांग्रेसकी रामवती देवी मण्डल दुई हजार ४३० मत ल्याएर निर्वाचित भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालकी रन्जिता देवी मण्डलले एक हजार ९०१ मत ल्याएकी छिन्।
उपाध्यक्षकै उम्मेदवार नेकपा एमालेकी रुवदा खातुनले एक हजार ६५९ मत र नेकपा एकीकृत समाजवादीकी निर्मला देवीले एक हजार १२० मत ल्याएकी छिन्।
Facebook Comment
Comment