जनकपुरधाम। धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको मतगणना साँझ ७ बजेदेखि शुरु हुने भएको छ।
साँझ ७ बजेदेखि शुरु हुने मतगणनाको अन्तिम मतपरिणाम भोलि साँझसम्म आउने निर्वाचन अधिकृत विकास बस्नेतले जानकारी दिए।
शनिबार बिहानबाट मतगणना सुरु गर्ने तयारी थियो। शुक्रबार राति हावाहुरीसहित पानी परेपछि मतदान अबेर साँझसम्म चलेको चलेको थियो। कुन वडाबाट मतगणना शुरु गर्ने विषयमा उम्मेदवारहरुबीच सहमति नहुँदा मतगणना शुरु गर्न ढिलाइ भएको हाे।
शुक्रबार भएको मतदानमा ७०५ मतदान भएको थियो। सर्वदलीय बैठक बसेर गोलाप्रथाको माध्यमबाट मतगणनाका लागि वडा छनौट गरिएको छ । मतगणना क्रमशः वडा नं ७, ६, २, ५, १, १०, ८, ९, ४ र अन्तिममा वडा नं ३ को हुनेछ।
नगरपालिकामा मेयरमा नेपाली कांग्रेसका योगेन्द्र पजियार र नेकपा एमालेका सुखदेव यादवबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
Facebook Comment
Comment