प्रज्ञा-प्रतिष्ठानबाट नेपाली बालसाहित्यको इतिहास लेखिँदै

नेपाली बालसाहित्यमा सक्रिय सात प्रदेशका सात जना नेपाली, भारतीय र बर्मेली बालसाहित्यमा सक्रिय एक जना र अमेरिका तथा युरोपका नेपाली स्रष्टाहरूबाट लिखित बालसाहित्यको इतिहास एक जनाले लेख्ने गरी जम्मा नौ जनाको समूहले इतिहास तयार पार्ने प्रतिष्ठानले जानकारी दिएको छ ।

नेपालभ्युज

प्रज्ञा-प्रतिष्ठानबाट नेपाली बालसाहित्यको इतिहास लेखिँदै

काठमाडौं। नेपाल प्रज्ञा-प्रतिष्ठानले नेपाली बालसाहित्यको इतिहास लेख्न शुरु गरेको छ । प्रतिष्ठानको साहित्य (लोकवार्ता र बालसाहित्य) विभागको अनुसन्धान परियोजनाअन्तर्गत इतिहास लेख्न शुरु गरेको परियोजना संयोजक तथा साहित्य (लोकवार्ता र बालसाहित्य) विभाग प्रमुख प्राज्ञ डा. देवी नेपालले बताए ।

२९ भदौमा बाल दिवसको अवसर पारेर आयोजित ‘प्रज्ञा बालकविता महोत्सव-२०७८’ मा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सात प्रदेशका बालसाहित्य लेखन, प्रकाशन र बाल गतिविधिहरूको इतिहास लेख्न शुरु गर्ने बताएका थिए ।

सोही अनुरुप नेपाली बालसाहित्यमा सक्रिय सात प्रदेशका सात जना नेपाली, भारतीय र बर्मेली बालसाहित्यमा सक्रिय एक जना र अमेरिका तथा युरोपका नेपाली स्रष्टाहरूबाट लिखित बालसाहित्यको इतिहास एक जनाले लेख्ने गरी जम्मा नौ जनाको समूहले इतिहास तयार पार्ने प्रतिष्ठानले जानकारी दिएको छ ।

प्रदेश १ को कवि तथा समालोचक मिश्र वैजयन्तीले, प्रदेश २ को बालसाहित्य लेखक तथा समालोचक नवराज रिजाल, बागमती प्रदेशको कृष्ण सुवेदी (भारद्वाज मित्र)ले, गण्डकी प्रदेशको गंगा कर्माचार्य, लुम्बिनी प्रदेशको डा. शालिकराम पौडेलले, कर्णाली प्रदेशको जागेश्वर उपाध्यायले र सुदूरपश्चिमको रामचन्द्र नेपालले इतिहास लेख्दैछन् ।

भारतको असमकी डा. दैवकीदेवी तिमसिनाले भारतीय र बर्मेली नेपाली बालसाहित्यको र अमेरिकामा रहेका कवि तथा समालोचक लालगोपाल सुवेदीले डायस्पोरा (युरोप, अमेरिका आदि)को नेपाली बालसाहित्यको इतिहास लेख्दैछन् ।

यसै वर्षको मंसिरसम्म सबै क्षेत्रको लेखन सकिने र ती सामग्रीलाई एकै ठाउँमा संयोजन गरी यही आर्थिक वर्षमा ‘नेपाली बालसाहित्यको इतिहास’ नामक कृति प्रकाशन गर्ने योजना रहेको जानकारी विभाग प्रमुख प्राज्ञ नेपालले दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved