बुटवल र भैरहवामा टोटलएनर्जीको निःशुल्क सर्भिस क्याम्प

नेपालभ्युज

बुटवल र भैरहवामा टोटलएनर्जीको निःशुल्क सर्भिस क्याम्प

काठमाडौं । लुब्रिकेन्ट ब्रान्ड TotalEnergies का लागि अधिकृत वितरक लक्ष्मी ल्युब आयल प्रालिले पहिलोपटक काठमाडौं उपत्यकाबाहिर निःशुल्क सर्भिस क्याम्प आयोजना गर्ने भएको छ ।

दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधनका लागि छुट्टाछुट्टै गरि आयोजना गरिने क्याम्प बुटवल र भैरहवामा सञ्चालन हुनेछ । सवारीधनीहरूलाई सवारी मर्मत र इञ्जिनको दीर्घकालीन स्वास्थ्यका बारेमा जानकारी दिनुका साथै स्थानीय मिस्त्री तथा ग्राहक समुदायसँगको सम्बन्ध मजबुत बनाउने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।

चारपाङ्ग्रे सवारीका लागि सर्भिस क्याम्प असार १२ र १३ गते (जुन २६ र २७) मा बुटवलको एडभान्स अटो केयर मा आयोजना हुनेछ भने दुईपाङ्ग्रे सवारीका लागि क्याम्प असार १९ र २० गते (जुलाई ३ र ४, २०२५) भैरहवाको धर्मेन्द्र मोटरसाइकल स्पेयर पार्ट्स मा सञ्चालन गरिनेछ । दुवै क्याम्प बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुला रहने कम्पनीले जना‍एको छ ।

क्याम्पमा सहभागी हुनेहरूले आफ्नो सवारी साधनको निःशुल्क इञ्जिन स्वास्थ्य परीक्षण गराउन सक्नेछन् । साथै, TotalEnergies ब्रान्डका गुणस्तरीय लुब्रिकेन्टबारे जानकारी दिइने र इञ्जिन मर्मत, उचित लुब्रिकेन्ट प्रयोग तथा बिक्रीपछिको सेवा सम्बन्धी सुझाव पनि प्रदान गरिनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved