घाम पावरले जित्यो ग्लोबल क्लाइमेट अवार्ड

नेपालभ्युज

घाम पावरले जित्यो ग्लोबल क्लाइमेट अवार्ड

काठमाडौं । सौर्य उर्जा कम्पनी घाम पावरले सन् २०२५ को ‘किलिङ कर्भ पुरस्कार’ जितेको छ ।

विश्वभरबाट जलवायु परिवर्तनविरुद्धको प्रभावकारी प्रयासलाई सम्मानित गरिने यो प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार घाम पावरलाई ग्रामीण समुदाय र उद्योगहरूमा सुलभ, भरपर्दो र स्वच्छ सौर्य ऊर्जा प्रवाहमार्फत जलवायु सहनशीलता निर्माणमा पु-र्‍याएको योगदानका लागि प्रदान गरिएको हो ।

पुरस्कारको घोषणा केन्याको नैरोबीमा सम्पन्न TED Countdown Summit मा गरिएको हो, जहाँ विश्वभरका नीति निर्माता, नवप्रवर्तनकर्ता र जलवायु अभियन्ताहरूको सहभागिता थियो ।

घाम पावरले ऊर्जामा उक्त पुरस्कार हात पारेको हो । पुरस्कारस्वरूप ५० हजारअमेरिकी डलर प्राप्त गरेको कम्पनीले जनाएको छ ।

किलिङ कर्भ पुरस्कारमा यो वर्ष २५ सयभन्दा बढी आवेदन परेका थिए । तीमध्ये सौर्य प्रविधिलाई वित्तीय नवप्रवर्तनहरूसँग संयोजन गरी सेवाबाट वञ्चित क्षेत्रहरूमा स्वच्छ ऊर्जा पुर्‍याउने आफ्नो विशिष्ट मोडेलमार्फत विशेष पहिचान बनाएको घाम पावरले जनाएको छ ।

हालसम्म ४ हजारभन्दा बढी सफल परियोजना सम्पन्न गरिसकेको यस कम्पनीले सौर्य ऊर्जामार्फत व्यवसाय, स्वास्थ्य, खाद्य प्रणाली र वातावरणीय लचिलोपन प्रवर्द्धन गर्दै आएको छ । कम्पनीले भविष्यमा पनि समुदाय-केन्द्रित र प्रवर्तनमा आधारित समाधानहरू प्रस्तुत गर्दै नेपालको कार्बन न्यूनीकरण र दिगो विकास मा योगदान पुर्‍याउने प्रतिबद्धता जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved