अग्ला अफ–रोडको साथी पिकअप ट्रक टुनल्याण्ड जी७ 

नेपालभ्युज

अग्ला अफ–रोडको साथी पिकअप ट्रक टुनल्याण्ड जी७ 

काठमाडौं । नेपालमा भर्खर भित्रिएको पिकअप ट्रक टुनल्याण्ड जी७ ले विश्व इतिहास रचेको छ । यसले २३ दिनभित्रै नेपालका आठ वटा सबैभन्दा अग्ला र कठिन अफ–रोड स्थानहरूमा पुगेर विश्वमै नयाँ कीर्तिमान बनाएको हो ।

टुनल्याण्ड जी७ ले नेपालका सबै भन्दा कठिन भूभागहरू सफलतापूर्वक पार गरेको छ ।

जसमा दार्चुलाको हिकिला (१,९६७मिटर), पर्वतको फलामे (२,३२५मिटर), इलामको सन्दकपुर (३,६३६मिटर), कर्णालीको जुम्ला(२,५१४मिटर), मनाङको खाङसार (३,७५६मिटर), ढोरपाटन (३,९००मिटर), माथिल्लोमुस्ताङको कोरोला सीमा (४,६६०मिटर) र संखुवासभाको गुफापोखरी (२,८९०मिटर) लगायतका उच्चभूभागहरू रहेका छन् ।

बाहिरी रूपमा कडा देखिने टुनल्याण्ड जी७ को भित्र आवरण विलासी र आरामदायी छ । यसमा प्यानोरामिक सनरुफ, तातो/चिसो हुने १२–तरिकाले एडजस्ट गर्न मिल्ने इलेक्ट्रिक सिट, १२.३ इन्चको इन्फिनिटी स्क्रिन, अटोमेटिक एसी र स्मार्ट स्टार्ट बटन रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved