काठमाडौं । नेपालका लागि होन्डा गाडीको आधिकारिक बिक्रेता, स्याकार ट्रेडिङ कम्पनीले ग्राहक केन्द्रित सेवालाई प्राथमिकता दिँदै तीनदिने निःशुल्क सर्भिस क्याम्प आयोजना गर्न लागेको छ ।
काठमाडौं, ललितपुर, भक्तपुर लगायतका सहरहरूलाई लक्षित गर्दै जेठ २७ देखि २९ गतेसम्म ललितपुरको धोबीघाटस्थित होण्डा सर्भिस सेन्टरमा सञ्चलन हुने उक्त क्याम्पमार्फत सेवा तथा सुरक्षाको थप सुनिश्चितता प्रदान गर्ने उद्देश्य राखिएको कम्पनीले जनाएको छ ।
सन् २००१ देखि २०१४ मोडलसम्मका कम्पनीद्वारा तोकिएका गाडीहरूमा होन्डा सेफ्टी रिकल कार्यक्रमअन्तर्गत निःशुल्क एयरब्याग परिवर्तन गरिनेछ ।

साथै, ग्राहकहरूले विभिन्न सेवा–सुविधामा विशेष छुट पनि प्राप्त गर्न सक्नेछन् । जसअन्तर्गत लेबर चार्जमा १० प्रतिशत, पाट्र्समा ७ प्रतिशत, ल्युब्रिकेन्टमा ५ प्रतिशत, एसी रिफिलमा २० प्रतिशत र डेन्ट–पेन्ट सेवामा १० प्रतिशत छुट प्रदान गरिनेछ । यसैगरी एचडीएस स्क्यान सेवासमेत निःशुल्क उपलब्ध गराइनेछ ।
कम्पनीले भविष्यमा पनि आफ्ना ग्राहकहरूलाई यस्ता सुविधायुक्त कार्यक्रममार्फत उत्कृष्ट सेवा प्रदान गर्न निरन्तर काम गर्ने प्रतिबद्धता जनाएको छ ।
‘अतः सम्पूर्ण होण्डा ग्राहकहरूलाई यो अवसरको भरपुर लाभ लिन स्याकार ट्रेडिङ कम्पनी हार्दिक अनुरोध गरिन्छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
Facebook Comment
Comment