काठमाडौं । नेपालमा बीएमडब्ल्यू गाडीको एकमात्र आधिकारिक आयातकर्ता तथा डिलर लक्ष्मी प्रिमियम मोटर्सले नयाँ बीएमडब्ल्यू iX2 SAV (स्पोर्ट्स एक्टिभिटी भेइकल) भित्र्याएको छ ।
नयाँ बीएमडब्ल्यू iX2 ले नेपालमा विद्युतीय सवारी र दिगो यात्राप्रतिको प्रतिबद्धता दर्शाउने कम्पनीले जनाएको छ । आकर्षक डिजाइन र स्मार्ट सिस्टमको संयोजन रहेको यस मोडलले नयाँ प्रविधि र दिगोपन रोज्ने ग्राहकहरुलाई उत्कृष्ट विकल्प प्रदान गर्ने कम्पनीले विश्वास लिएको छ ।
बीएमडब्ल्यू ले आफ्नो इलेक्ट्रिक लाइनअप विस्तार गर्दै बीएमडब्ल्यू iX2 eDrive20 सार्वजनिक गरेको हो । यस गाडीले अधिकतम १५० kW / २०४ hp (अस्थायी बुस्टसहित) पावर उत्पादन गर्छ भने यसको रेन्ज ४३० देखि ४७५ किलोमिटरसम्म (WLTP प्रारम्भिक अनुमान अनुसार ) रहेको छ । कम उर्जा खपत (प्रति १०० किमी १७.२ देखि १५.४ kWh ) र शून्य उत्सर्जन भएको यो गाडीले प्रिमियम कम्प्याक्ट SAV सेग्मेन्टमा उत्कृष्ट रोजाई प्रदान गर्ने कम्पनीले जनाएको छ ।
सन्तुलित पावर र शून्य उत्सर्जन
अन्य बीएमडब्ल्यू इलेक्ट्रिक गाडीहरूजस्तै नयाँ बीएमडब्ल्यू iX2 मा पनि पाँचौं पुस्ताको बीएमडब्ल्यू eDrive प्रविधि प्रयोग गरिएको छ । यसले २५० Nm टर्क उत्पादन गर्छ र ८.६ सेकेन्डमा ० देखि १०० किमी / घण्टाको गतिमा पुग्न सक्छ । यसको अधिकतम गति १७० किमी / घण्टा रहेको छ । ब्याट्रीको स्थान र तौल सन्तुलनलाई ध्यानमा राखी गाडीको फ्लोरमा राखिएको हाई भोल्टेज ब्याट्रीले ६६.५ kWh ऊर्जा प्रदान गर्दछ । यसमा रहेको आधुनिक मोटरले कम उर्जा खपत गरी अन्यगाडीहरूभन्दा धेरै दूरीसम्म चल्न सक्षम बनाउने कम्पनीको दाबी छ ।
बीएमडब्ल्यू iX2 मा चार्जिङको लागि प्रशस्त विकल्पहरु रहेका छन् । यसमा रहेको Combined Charging Unit ले ११ kW सम्मको AC चार्जिङ सपोर्ट गर्दछ । छिटो चार्जिङको लागि १३० kW सम्मको DC चार्जिङ पनि उपलब्ध छ । स्मार्ट थर्मल प्रि- कन्डिसनिङ र एडभान्स्ड चार्जिङ सफ्टवेयरले चार्जिङ स्पिड र ब्याट्रीको आयु दुवैलाई लामो समयसम्म कायम राख्छ ।
बीएमडब्ल्यू iX2 मा लक्जरी इन्टेरियर फिचरहरु समावेश छन्, जस्तै मोका रडको Vernasca लेदर सिट, प्यानोरामिक ग्लास रूफ, २-जोन अटोमेटिक एसी, र १२ स्पिकरको Harman Kardon साउन्ड सिस्टम । डाइनामिक ब्रेक कन्ट्रोल र अटो होल्ड सहित अत्याधुनिक सुरक्षा प्रणाली बीएमडब्ल्यू iX2 को सुरक्षा र सहायक प्रणालीहरू पनि अत्याधुनिक छन् ।
सुरक्षित यात्राको लागि यसमा सवारी चालक र यात्रुका लागि एयरब्याग, डाइनामिक ब्रेक कन्ट्रोल (DBC), अटो होल्ड फड्सनसहितको इलेक्ट्रोमेकानिकल पार्किङ ब्रेक र इन्टेग्रेटेड ब्रेकिङ सिस्टम राखिएको छ । साथै ड्राइभ अफ असिस्टेन्ट र अटेन्टिभनेस असिस्टेन्टले सहरको ट्राफिक र लामो यात्रा दुवैलाई सुरक्षित, सहज र तनावरहित बनाउँछ ।
तीनकुनेमा रहेको आफ्नो अत्याधुनिक शो-रूमबाट लक्ष्मी प्रिमियम मोटर्सले हाल बीएमडब्ल्यू X1, X2, X3, ×4, X7, iX1 (ब्याट्री इलेक्ट्रिक ), iX3 ( ब्याट्री इलेक्ट्रिक ) 5 Series (प्लग-इन हाइब्रिड), X5 ( प्लग-इन हाइब्रिड ) र 7 Series जस्ता मोडलहरू उपलब्ध गराइरहेको कम्पनीले जनाएको छ ।
Facebook Comment
Comment