स्ट्यान्डर्ड चार्टर्ड बैंकले कीर्तिपुरमा रोप्यो सात सयभन्दा बढी बिरुवा

नेपालभ्युज

स्ट्यान्डर्ड चार्टर्ड बैंकले कीर्तिपुरमा रोप्यो सात सयभन्दा बढी बिरुवा

काठमाडौं । विश्व वातावरण दिवस २०२५ को अवसरमा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आयोजना गरेको सप्ताहव्यापी वातावरणीय गतिविधिको समापन बृहत् वृक्षारोपण कार्यक्रममार्फत गरिएको छ ।

कीर्तिपुरस्थित लेबोरेटरी माध्यमिक विद्यालयमा सम्पन्न उक्त अभियानमा बैंकका ३५० भन्दा बढी कर्मचारीको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रमअन्तर्गत फलफूल, फूल फुल्ने तथा छाया दिने गरी २० भन्दा बढी जातका ७ सयभन्दा बढी बिरुवाहरू रोपिएको बैंकले जनाएको छ । हरियाली प्रवर्द्धन, जैविक विविधता संरक्षण तथा वातावरणीय दिगोपनामा सकारात्मक प्रभाव पार्ने उद्देश्यसहित सञ्चालन गरिएको यस अभियानले दीर्घकालीन वातावरणीय सन्तुलनमा योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

वृक्षारोपणको औपचारिक सुरुवात बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोरख राणा, डेपुटी सीईओ सर्वेन्द्र मिश्र तथा विद्यालयका उपप्रधानाध्यापक पेम्बा छिरिङ शेर्पाले संयुक्त रूपमा गरेका थिए । यस अवसरमा उनीहरूले विगत वर्ष रोपिएका बिरुवाहरूको समेत निरीक्षण, सफाइ तथा संरक्षण कार्यमा सहभागिता जनाएका थिए ।

बैंकले प्रत्येक वर्ष वातावरण दिवसको सन्दर्भमा विभिन्न हरित गतिविधिहरू सञ्चालन गर्दै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved