गोकर्णेश्वरमा उभौलीको रौनक (तस्वीरहरू)

गोकर्णेश्वरमा उभौलीको रौनक (तस्वीरहरू)

काठमाडौं । किराँत समुदायले वैशाख पूर्णिमाको अवसरमा आज (सोमबार) देशभर उभौली पर्व श्रद्धा र उत्साहका साथ मनाउँदै छन् ।

वसन्त ऋतुको आगमनसँगै मनाइने यो पर्व किराँत समुदायका राई, लिम्बू, सुनुवार र याक्खा जातिको महत्वपूर्ण चाड मानिन्छ ।

उभौली पर्व वैशाखको गर्मी बढ्दै जाँदा मानिसहरू र पशुपन्छीहरू बेँसीबाट लेकतर्फ उक्लने परम्परागत अभ्याससँग जोडिएको छ । यस्तै, मङ्सिरमा जाडो बढ्दै जाँदा लेकबाट बेँसी झर्ने दिनलाई उधौली पर्वका रूपमा मनाइन्छ ।

कृषि युगको प्रारम्भसँगै किराँत समुदायले पृथ्वी, प्रकृति र मौसमी चक्रसँग समन्वय गर्दै उभौली मनाउने परम्परा सुरु गरेका हुन् ।

वसन्त ऋतुमा बालीनाली राम्रो होस्, दैवी प्रकोप नहोस् भन्ने कामना गर्दै भूमिपूजा गरिन्छ । पर्वको अवसरमा किराँती समुदायले साकेला (सखेवा) र शिली नाच नाच्ने चलन छ भने लिम्बु र याक्खा समुदायले च्याब्रुङ नाचमार्फत प्रकृतिलाई आराधना गर्ने गर्छन् ।

यसै अवसरमा आज (सोमबार) गोकर्णेश्वर नगरपालिका ४ स्थित यज्ञडोल (जगडोल) सामुदायिक वनमा रहेको किराँत भूमिपूजा स्थलमा स्थानीय किराँत समुदाय भेला भई परम्परागत रीतिथितिअनुसार उभौली पर्व मनाएका छन् ।

हेरौं तस्वीर –

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved