तीनकुनेमा बसले भ्यान र मोटरसाइकललाई ठक्कर दियो : एक युवतीको मृत्यु, तीनजना घाइते

नेपालभ्युज

तीनकुनेमा बसले भ्यान र मोटरसाइकललाई ठक्कर दियो : एक युवतीको मृत्यु, तीनजना घाइते
सांकेतिक तस्वीर

काठमाडौं । पेप्सीकोलाबाट रत्नपार्कतर्फ आउँदै गरेको बा३ख ७०६२ नम्बरको बसले बिहीबार बिहान तीनकुनेमा मारुती भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् ।

बसको ठक्करबाट मोटरसाइकलमा सवार नुवाकोटकी २३ वर्षीया नगिना तामाङको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले बताए ।

मोटरसाइकल चालक रामेछापको दोरम्बाका २७ वर्षीय पदम थापामगर, भ्यानका चालक काभ्रेपलाञ्चोक मण्डनदेउपुरका ३५ वर्षीय रत्नबहादुर सार्की, ठक्कर दिने बसमा सवार दोलखा गौरीशङ्करकी २४ वर्षीया मेनुका बुढाथोकी घाइते भएका छन् ।

प्रहरीले बस चालक रामकुमार खड्का, भ्यान र मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved