बालेनले जापानी राजदूतसँग भने– काठमाडौंको सांस्कृतिक पहिचान अद्वितीय छ

नेपालभ्युज

बालेनले जापानी राजदूतसँग भने– काठमाडौंको सांस्कृतिक पहिचान अद्वितीय छ

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाह नेपालका लागि जापानका राजदूत मायादा तोरूले भेटवार्ता गरेका छन् । बुधबार प्रमुख शाहको कार्यकक्षमा भेटघाट भएको हो ।

भेटमा सहरी विकास निर्माण, विकास व्यवस्थापन र सुविधा वितरणका आपसी अभ्यास र सिकाइका विषयमा कुराकानी भएको थियो ।

कुराकानीका क्रममा प्रमुख शाहले काठमाडौंको सांस्कृतिक पहिचान अद्वितीय रहेको उल्लेख गरे । सांस्कृतिक मूर्त सम्पदा र मौलिक खानेकुरासँग सामाजिक तथा सांस्कृतिक जीवनको सम्बन्धका विषयमा जानकारी गराएको उनको सचिवालयले जनाएको छ ।

राजदूत तोरूले, काठमाडौं र जापानका सहरहरूका बीचमा सहरी आचरणसम्बन्धी आपसी ज्ञान र सीप आदानप्रदानको प्रशस्त सम्भावना रहेको उल्लेख गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved