पाल्पा-तम्घास सडक मर्मत गरिने

सडक फराकिलो बनाउनका लागि यही २८ माघदेखि १३ फागुनसम्म बिहान ९ देखि अपराह्न ३ः३० बजेसम्म सडक बन्द हुने डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ।

नेपालभ्युज

पाल्पा-तम्घास सडक मर्मत गरिने

पाल्पा। पाल्पा–तम्घास सडकखण्डको जोर्ते क्षेत्रमा सडक मर्मत गरिने भएको छ। उक्त सडक १५ दिनसम्म मर्मत गरिने भएको हो।

सडक फराकिलो बनाउनका लागि यही २८ माघदेखि १३ फागुनसम्म बिहान ९ देखि अपराह्न ३ः३० बजेसम्म सडक बन्द हुने डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ।

सडक डिभिजन कार्यालयका प्रमुख रामेश्वर लम्सालका अनुसार ढुङ्गा कटान गरी सडकमा राख्नुपर्ने भएकाले दिउँसो यातायातका साधन सञ्चालनमा समस्या भए पनि साँझ–बिहान सडक खुला रहने छ।

प्रदीप साइन जेभी बुटबलले सडक फराकिलो बनाउन थालेको छ। चट्टान कटान गरी सडक चौडा बनाउन थालिएको लम्सालले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved