वर्षापछि बाढी र पहिरो : राप्ती राजमार्गसहित तीनवटा सडक पूर्णरुपमा अवरुद्ध

नेपालभ्युज

वर्षापछि बाढी र पहिरो : राप्ती राजमार्गसहित तीनवटा सडक पूर्णरुपमा अवरुद्ध
राप्ती राजमार्ग (फाइल तस्वीर) ।

काठमाडौं । वर्षापछि आएको बाढी र पहिरोले देशभर ठाउँ–ठाउँमा सडक अवरुद्ध भएका छन् ।

वर्षाले मुख्य सडकसमेत अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

तीनवटा सडक पूर्वरुपमा अवरुद्ध भएको पाइएको छ । रुकुम पश्चिमको पृतिवाङ खोलामा आएको बाढीले राप्ती राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

यस्तै कालिकोटको पचालझर्नामा पहिरो जाँदा सुर्खेत–हुम्ला सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।

यसैगरी सल्यानको धरापानीमा पहिरो जाँदा जाजरकोट सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

बाढी र पहिरोले देशका पाँचवटा सडक एकतर्फी मात्र सञ्चालनमा आइरहेको प्रहरीले जनाएको छ । राप्ती राजमार्ग सडकखण्ड भने पुनः सञ्चालनमा आएको छ ।

काठमाडौं उपत्यकालगायत देशभरका अधिकाङ्श ठाउँमा बिहीबारसम्म वर्षा भइरहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved