ईभीको डाउनपेमेन्ट छलफल गरेर घटाउन सकिन्छ : अर्थमन्त्री पौडेल

नेपालभ्युज

ईभीको डाउनपेमेन्ट छलफल गरेर घटाउन सकिन्छ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले विद्युतीय सवारीसाधन (ईभी)को लोन टू भ्यालु रेसियो छलफल गरेर घटाउन सकिने बताएका छन् । नाडा अटो डायलग २०८१ का अवसरमा सोमबार आफ्नो धारणा राख्दै उनले यस्तो बताएका हुन् ।

नेपाल राष्ट्र बैङ्कले ईभीको डाउनपेमेन्टमा कडाइ गरेकाले व्यवसायी रिसाएको बताउँदै अर्थमन्त्री पौडेलले यसमा छलफल गरेर कम गर्न सकिने प्रतिबद्धता जनाए ।

‘राष्ट्र बैङ्क सरकारको स्वयत्त संस्था मात्र हो । ईभीमा गरेको कडाइको कारण तपाईंहरू रिसाउनुभएको छ तर त्यसमा छलफल गर्न सकिन्छ,’ उनले भने ।

मन्त्री पौडेलले बजेट निर्माणको पुर्वसन्ध्यामा नाडा अटो डायलग कार्यक्रम राख्नु उपयुक्त कदम भएको बताए ।

उनले कार्यक्रमको निष्कर्षपश्चात् अटो क्षेत्रका समस्या र सुझाव सरकारले पाउने आशा व्यक्त गरे । यसपछि अटो क्षेत्रलाई बजेटमा सोहीअनुरुप समेटिने पनि उनले प्रतिबद्धता जनाए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved