लोसपा मधेस संसदीय दलको नेतामा जयनुल राइन चयन

नेपालभ्युज

लोसपा मधेस संसदीय दलको नेतामा जयनुल राइन चयन

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा जयनुल राइन चयन भएका छन् ।

पार्टी अध्यक्ष महन्थ ठाकुरले राइनलाई प्रदेश संसदीय दलको नेताको जिम्मेवारी सहितको पत्र पठाएपछि सोमबार मधेशका सभामुख रामचन्द्र मण्डललाई समेत त्यसबारे जानकारी गराएको छ ।

यसअघि दलका नेतामा अभिराम शर्मा रहेका थिए । शर्मा मधेस आन्दोलनमा असई थमन विक हत्याकाण्डमा दोषी ठहर भएपछि प्रदेशसभाले गत बैशाख २१ गते बर्खास्त गरेको थियो । त्यसयता लोसपा दलको नेता पद रिक्त थियो ।

अध्यक्ष ठाकुरले प्रदेश सभामा पठाएको पत्रमा अर्को व्यवस्था नभए सम्मको लागि राइनलाई नेता मनोनयन गरिएको उल्लेख छ । ‘लोकतान्त्रिक समाजवादी पार्टी नेपालको अन्तरिम विधान प्रथम संशोधित अनुसार मधेस प्रदेश सभामा संसदीय दलको नेतामा प्रदेशसभा सदस्य जयनुल राइनलाई अर्को व्यवस्था नहुन्जेलसम्म मनोनयन गरिएको व्यहोरा जानकारी साथ अनुरोध छ,’ पत्रमा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved