एजेन्सी । जनवरीमा राष्ट्रपति ट्रम्पले पदभार ग्रहण गरेयताकै सबैभन्दा ठूलो राष्ट्रव्यापी प्रदर्शन भएको छ । अमेरिकाका शहरहरूमा ट्रम्पविरुद्ध प्रदर्शनकारीहरूको भीड जम्मा भएको हो ।
प्रदर्शकारीहरुले अमेरिकाका ५० राज्यका १,२०० स्थानहरूमा र्याली गरेको बीबीसीले समाचार लेखेको छ ।
शनिबार बोस्टन, शिकागो, लस एन्जलस, न्यूयोर्क र वाशिंगटन डीसी लगायतका शहरहरूमा हजारौं मानिसहरूले प्रदर्शन गरेको बीबीसीले जनाएको छ ।
यी विरोध प्रदर्शनहरूलाई ‘ह्यान्ड्स अफ’ नाम दिइएको छ । जसको अर्थ ट्रम्पले जनताको मामिलामा हस्तक्षेप नगरुन् भन्ने हो । प्रदर्शनकारीहरूले सामाजिक, आर्थिक लगायतका मुद्दाहरूमा ट्रम्पको एजेन्डासँग असन्तुष्टि जनाएका छन् । प्रदर्शनका क्रममा लन्डनका एक प्रदर्शनकारीले ट्रम्पको तस्वीर भएको शौचालय सफा गर्ने ब्रस बोकेका थिए।

विश्वभरिका अधिकांश देशहरूमा अमेरिकाले आयात शुल्क लगाउने ट्रम्पको घोषणाको केही दिनपछि लन्डन, पेरिस र बर्लिनलगायत अमेरिकाबाहिर पनि भेलाहरू आयोजना गरिएका थिए।
बोस्टनमा, केही प्रदर्शनकारीहरूले अमेरिकी विश्वविद्यालयका विद्यार्थीहरूमाथि आप्रवासीमाथी छापा मार्ने र पक्राउ गरी निर्वासन प्रक्रियाहरू सुरु भएकोले उत्प्रेरित भएको बताए।

ट्रम्पले बारम्बार क्यानाडा र ग्रीनल्यान्डलाई गाभ्ने इच्छा व्यक्त गरेका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग उनको सार्वजनिक विवाद पनि भएको थियो।
वाशिंगटन डीसीमा, हजारौं प्रदर्शनकारीहरू प्रजातान्त्रिक सांसदहरूका भाषणहरू सुन्न भेला भए। धेरै टिप्पणीहरू ट्रम्पको प्रशासनमा धनी दाताहरूले खेलेको भूमिकामा केन्द्रित थिए ।
फ्लोरिडा र विस्कन्सिन दुवै राज्यमा, प्रजातान्त्रिकहरूले ट्रम्प प्रशासनको नीतिहरू र एलोन मस्कको प्रभावप्रति मतदाताको आक्रोशलाई प्रयोग गर्न खोजे ।
Facebook Comment
Comment