एनपीएलका चौकाबापतको शैक्षिक सामग्री वितरण गर्दै एनसेल

नेपालभ्युज

एनपीएलका चौकाबापतको शैक्षिक सामग्री वितरण गर्दै एनसेल

काठमाडौं । एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल)का खेलहरूमा हानिएका प्रत्येक चौकाबापत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण सुरु गरेको छ ।

यसै कार्यक्रम अन्तर्गत मङ्गलवार लुम्बिनी प्रदेशका तीन विद्यालयमा ४४६ वटा शैक्षिक सामग्री वितरण गरिएको छ ।

क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग जोड्दै एनसेलले एनपीएलका खेलमा हानिने प्रत्येक चौकाबापत चार वटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा गत मङ्सिरमा गरेको थियो ।

यसले विद्यार्थीमा अर्थपूर्ण प्रभाव पार्दै शिक्षामा सकारात्मक परिवर्तन ल्याउन योगदान पुर्‍याउने एनसेलको विश्वास छ ।

मङ्गलवार एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ, नेपाल क्रिकेट सङ्घ (क्यान)का सचिव पारस खड्का, लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसी र एनसेलकी मार्केटिङ, कम्युनिकेसन एन्ड सस्टेनिबिलिटी अन्तरिम डाईरेक्टर विषाखा लक्ष्मी खड्काले कपिलवस्तु नगरपालिका वडा १० का श्री राष्ट्रिय माध्यमिक विद्यालय र मदरसा वहरुल उलूमका २६० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन् ।

त्यसैगरी मङ्गलवार नै एनसेलका चीफ अफ स्टाफ स्टिवन रोड्रिगेजले राप्ति सोनारी गाउँपालिका, वडा ४ मा रहेको श्री बालकशान्ति प्राथमिक विद्यालयका विद्यार्थीलाई १८६ शैक्षिक सामग्री वितरण गरेका छन् ।

“आफ्नो प्रतिबद्धता बमोजिम प्राथमिक तहका विद्यार्थीहरूलाई एनसेल फाउन्डेसनमार्फत विद्यार्थीलाई आवश्यक पर्ने शैक्षिक सामग्रीको सहयोग प्रदान गर्न पाउँदा खुशी छौं । यसले शैक्षिक स्रोतको अभाव कम गर्न सहयोग गर्दछ ।” एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले भने ।

विद्यार्थीले प्राप्त गरेका शैक्षिक सामग्रीमा स्कुल ब्याग, कापी, सिसाकलम, इरेजर, कटरलगायत समावेश छन् ।

यस पहल अन्तर्गत एनसेल फाउन्डेसनले एनपीएलमा हानिएका ६५३ चौकाबापत् कुल २६१२ वटा शैक्षिक सामग्री विद्यार्थीलाई वितरण गर्नेछ ।

कपिलवस्तुका दुई विद्यालयले एनसेल फाउन्डेसनको फेसबुक पेजबाट यस पहलका बारेमा थाहा पाएपछि एनसेल फाउन्डेसनसँग सहयोगको लागि अनुरोध गरेका थिए ।

त्यस्तै, श्री बालकशान्ति विद्यालयले एनसेलको नेपालगन्ज कार्यालयमार्फत सहयोगको लागि अनुरोध गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved