पशुपति दर्शन गरेको भिडिओ फेसबुकमा राख्दै प्रधानमन्त्री ओलीले दिए महाशिवरात्रिको शुभकामना

नेपालभ्युज

पशुपति दर्शन गरेको भिडिओ फेसबुकमा राख्दै प्रधानमन्त्री ओलीले दिए महाशिवरात्रिको शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत महाशिवरात्रिको शुभकामना व्यक्त गरेका छन् ।

मङ्गलबार आफूले पशुपतिनाथको दर्शन गरेको भिडिओ सामाजिक सञ्जाल फेसबुकमा ‘पोस्ट’ गर्दै प्रधानमन्त्री ओलीले महाशिवरात्रिको शुभकामना व्यक्त गरेका हुन् ।

उनले, ‘महाशिवरात्रिको शुभकामना, जय पशुपतिनाथ !’, लेखेका छन् ।

महाशिवरात्रि पर्व आज (बुधबार) देशभरका शिवालयमा विधिपूर्वक भगवान् शिवको पूजाआराधना गरी मनाइँदैछ ।

प्रधानमन्त्री ओली महाशिवरात्रिको अघिल्लो साँझ मङ्गलबार पशुपतिनाथ मन्दिर गएका थिए । उनले पूजा–अर्चनासमेत गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved