काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने गरी सरकारले प्रस्ताव गरेको विधेयक अस्वीकार्य हुने बताएका छन् ।
बुधबार सामाजिक सञ्जाल एक्समार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महामन्त्री शर्माले सरकारले संघीय संसदमा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयक स्वीकार्य नहुने बताएका हुन् ।
उनले वर्तमान सरकारले ल्याएको विधेयकमा प्रस्तावित विषयहरू मान्न नसकिने र त्यो विधेयक बदलिने भन्दै ढुक्क हुन समेत आग्रह गरेका छन् ।
महामन्त्री शर्माले विधेयकका विषयमाथि संसद्मा गम्भीर छलफल गरेरमात्रै त्यसबारे विधेयक पारित गरिने बताएका छन् । ‘प्रवक्ता छँदा बोकेको दृष्टि, महामन्त्री हुँदा बदलिन्न । देश ढुक्क रहोस्- दृस्टि बदलिन्न, विधेयक बदलिन्छ,’ उनले एक्समा भनेका छन्, ‘सामाजिक सञ्जाल मर्यादित बनाउन सत्ता-प्रतिपक्ष, अन्य दल,सरोकारवाला र नागरिक पंक्तिबीच गहन संवाद जरुरी छ । अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने हदसम्म विधेयक ठाडै अस्वीकार्य छ ।’
Facebook Comment
Comment