मधेस प्रदेशसभाको अधिवेशन आज सुरु हुँदै

नेपालभ्युज

मधेस प्रदेशसभाको अधिवेशन आज सुरु हुँदै

जनकपुरधाम । मधेस प्रदेशसभाको चौथो अधिवेशन आज (मंगलबार) दिउँसो १ बजेदेखि सुरु हुँदैछ ।

गत भदौ २९ गते बसेको प्रदेशसभाको तेस्रो अधिवेशनको बैठक लामो समयपछि बस्न लागेको हो ।

बैठकमा प्राकृतिक स्रोत र साधन समितिको प्रतिवेदन पेस गरिने प्रदेशसभा सचिवालयका सचिव वासु कोइरालाले जानकारी दिए ।

प्रदेशसभा बैठकको सबै तयारी पूरा भएकाे सचिवालयले जनाएकाे छ ।

प्रदेशसभाको चौथो अधिवेशनको पहिलो बैठकमा विभिन्न दलका नेताहरूले शुभकामना दिने कार्यसूचीमा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved