लमजुङमा भूकम्प

नेपालभ्युज

लमजुङमा भूकम्प

लमजुङ। यहाँ भूकम्पको धक्का महसुस गरिएको छ। जिल्लाको क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानी केन्द्रविन्दु बनाएर गए राति १०ः३४ मा दुई दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

चिसो र रातिका समय भइसकेकाले अधिकांश जिल्लावासी सुतिसकेका थिए। भूकम्प सानो गएकाले कतिपयले भने थाहा नपाएको बताएका छन्।

गत ५ जेठमा आएको भूकम्पले केही व्यक्तिको मृत्यु हुनुका साथै धेरै धनजनको क्षति गरेको थियो। त्यसयता मात्र साना–ठूला गरी १०० भन्दा बढी पटक भूकम्प गएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved