संसद्‌मा पुग्यो रवि निलम्बनको पत्र, सोमबार प्रक्रिया अघि बढ्ने

नेपालभ्युज

संसद्‌मा पुग्यो रवि निलम्बनको पत्र, सोमबार प्रक्रिया अघि बढ्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा सांसद रवि लामिछाने निलम्बनको पत्र संसद सचिवालयमा पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीको पत्र संघीय संसद् सचिवालयमा आइतबार आइपुगेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । उनका अनुसार लामिछानेको निलम्बनबारे सोमबार प्रक्रिया अघि बढ्नेछ।

लामिछाने सहकारी ठगी, संगठित अपराधसँगै सम्पत्ति शुद्धीकरण अभियोगमा संलग्न रहेको भन्दै प्रहरीले निलम्बनको माग गरेको हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved