रविको बयान: सहकारीबाट पैसा ल्याएको थाहा दिएनन्, मलाई थाहा भए कर्तुत बाहिर आउने उनीहरूमा डर थियो

सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका लामिछानेले टेलिभिजन सञ्चालक कम्पनीमा आफ्नो १५ प्रतिशत शेयर रहे पनि आएको लगानीबारे  भने आफू जानकार नभएको दाबी गरेका हुन् ।

नेपालभ्युज

रविको बयान: सहकारीबाट पैसा ल्याएको थाहा दिएनन्, मलाई थाहा भए कर्तुत बाहिर आउने उनीहरूमा डर थियो
फाइल तस्वीर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले गोर्खा मिडियामा आएको रकम कुनै सहकारीबाट आएको भन्ने दस्तावेज नरहेको भन्दै बयान दिएका छन् ।

सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका लामिछानेले टेलिभिजन सञ्चालक कम्पनीमा आफ्नो १५ प्रतिशत शेयर रहे पनि आएको लगानीबारे  भने आफू जानकार नभएको दाबी गरेका हुन् ।

उनीसहितका व्यक्तिविरुद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा मुद्दा दर्ता भएको छ ।

तर, लामिछानेले आफूमाथि लागको आरोपको इन्कार गर्दै बयान दिएका छन् । जीबीले सहकारी संस्थाबाट पैसा ल्याएको जानकारी आफू पदमा रहुन्जेलसम्म नदिएको उनको बयान छ ।

बयानका क्रममा भनेका छन्, ‘म सम्बद्ध गोर्खा मिडियाले मेरो जानकारी, सहमति, उपस्थिति वा योजनामा कुनै पनि सहकारी संस्थाबाट पैसा लिने लिखित वा मौखिक कुनै प्रकारको सहमति, सम्झौता, करार गरेको थिएन । उनीहरूले गरेको लगानीको स्रोत सहकारी संस्थाबाट आएको भन्ने कुरा स्थापित हुने कुनै आधिकारिक दस्तावेज गोर्खा मिडियामा प्राप्त छैन र थिएन ।

साथै उनले सहकारीबाट पैसा आएको बारेमा आफूलाई थाहा भएमा उनीहरूको (जीवी) कर्तुत कर्तुत बाहिर आउने डर भएकाले लुकाएको बताएका छन् ।

उनले भनेका छन्, ‘ मलाई जानकारी भएको खण्डमा यिनीहरूको कर्तुत बाहिर आउने डर समेत राखी योजनाबद्ध र गोप्य रूपमा गैरकानूनी तरिकाले हिसाब मिलान गरी अर्को वर्षलाई समेत क्यापिटलाइज गरिएको रहेछ भन्ने उल्लेख गरेको, रवि लामिछानेको नाउँमा सहकारीको कम्प्युटर लेखा प्रणाली सिस्टममा अभिलेखीकरण गरिएको रवि लामिछानेको नाम उल्लेख भई खोलिएको बचत र ऋण खाता मेरो उपस्थिति, मन्जुरी र जानकारीमा खोलेको अवस्था नभएको तथा उक्त खाता खोल्दा कम्प्युटर प्रणालीमा पूर्ण विवरण समेत भरेको नपाइएको हुँदा सो खातामा रवि लामिछानेको हुने कुरै भएन ।’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved