कुञ्ज नाटकघरमा नाटक ‘यशस्वी भवः’ मञ्चन हुँदै

नेपालभ्युज

कुञ्ज नाटकघरमा नाटक ‘यशस्वी भवः’ मञ्चन हुँदै

काठमाडौं । रंगकर्मी तथा नाटककार राम के. एसीको लेखन र निर्देशनमा तयार भएको नाटक ‘यशस्वी भवः’ आगामी पौष ३ गतेदेखि मञ्चन हुने भएको छ ।

शिल्पशाला कुञ्ज नाटकघर, थापागाउँमा मञ्चन हुने यो नाटक पुस ६ गतेसम्म हरेक दिन दुई शोमा प्रस्तुत गरिने छ ।

तीन पुस्ताबीचको त्रिकोणात्मक सम्बन्धलाई मुख्य कथावस्तु बनाएको यस नाटकले परम्परागत अध्यात्म र आधुनिकताबीचको द्वन्द्वलाई चित्रण गरेको छ ।

मानिसहरूको व्यवहार, सम्बन्ध र जिम्मेवारीप्रतिको दृष्टिकोणले सभ्य समाजको अवधारणालाई पुनर्विचार गर्न बाध्य पार्ने के. एसीको विश्वास छ ।

‘यशस्वी भवः’ सद्भाव थिएटर नेपाल र पिक प्वाइन्ट एजुकेशन नेटवर्कको सहकार्यमा तयार भएको हो । चौथो लालाबाला काठमाडौं अन्तर्राष्ट्रिय बाल नाटक महोत्सव २०८१ मा पहिलो पटक प्रस्तुत गरिएको यो नाटक अब नियमित मञ्चनको रूपमा दर्शकमाझ ल्याउन लागिएको हो ।

रेशिका श्रेष्ठ, सद्भावना थापा, मनसुन फुँयाल, मञ्जुरी श्रेष्ठ, एन्जल श्रेष्ठ, सदिक्षा श्रेष्ठ, इरा श्रेष्ठ, अनुष्का श्रेष्ठ, दिपिका श्रेष्ठ, प्रान्तिका श्रेष्ठ, मेलिसा श्रेष्ठ, रवानी श्रेष्ठ, र राजन रानामगरको अभिनय रहेको नाटक बिहान ११ बजे र दिउँसो ४ बजे गरी दुई शो मञ्चन हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved