कीर्तिपुरमा अग्रता फराकिलो बनाउँदै कांग्रेसका डंगोल, यस्तो छ ताजा अपडेट

नेपालभ्युज

कीर्तिपुरमा अग्रता फराकिलो बनाउँदै कांग्रेसका डंगोल, यस्तो छ ताजा अपडेट

काठमाडौं । कीर्तिपुर नगरपालिकामा मतगणना जारी छ ।

पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।

डंगोलले ३ हजार ३८५ मत पाउँदा नेकपा एमालेका सुरेन्द्र मानन्धरले २ हजार ७२६ मतसहित पछ्याइरहेका छन् ।

यस्तै, माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जन २ हजार ३१७ मतसहित तेस्रो स्थानमा छन् ।

स्वतन्त्र उम्मेदवार राजमान महर्जन १ हजार २०७ मतसहित चौथो स्थानमा छन् ।

अर्का स्वतन्त्र उम्मेदवार दिनेशकुमार अधिकारीले ९७५ र कविकुमार महर्जनले ७८४ मत पाएका छन् ।

अहिलेसम्म १,२,३,४,५,६ र ७ नम्बर वडाको मतगणना सकिएको छ । कीर्तिपुरमा २० हजार ३४६ मत खसेको थियो ।

अहिले ८ नम्बर वडाको गणना भइरहेको छ । आज रातिसम्म गणना सकिने निर्वाचन आयोगले जनाएको छ ।

यो पनि पढ्नुहोस :

उपनिर्वाचनको हिसाब : कांग्रेसलाई क्षति, माओवादी फाइदामा, एमालेमा छैन उत्साह

स्थानीय तह उपनिर्वाचनमा कुन दलले कहाँ जिते ? (सूचीसहित)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved