काठमाडौं । स्थानीय तहका रिक्त ४४ पदको उपचुनावमा अब नतिजा अन्तिम चरणमा छ । तीन ठाउँ सर्वसम्मत भएपछि ४१ स्थानमा मतदान भएको थियो ।
मतदान भएकामध्ये ३७ स्थानको परिणाम आइसकेको छ । ४ स्थानको बाँकी छ । अहिलेसम्म नतिजा सार्वजनिक भएकामध्ये ओखलढुङ्गा र कैलालीका जिसससहित कांग्रेसले १८ स्थानमा जित हात परेको छ ।
उसले वडाध्यक्ष मात्र १६ स्थानमा जितेको छ । माओवादीले ९ स्थानमा जितेको छ । पालिका अध्यक्ष, उपमेयर र उपाध्यक्षसहित माओवादीले ९ स्थानमा जितेको छ ।
हालसम्मको परिणाम अनुसार एमालेले ७ ठाउँमा जित हात परेको छ । यसले दुई पालिका अध्यक्ष, एक उपाध्यक्ष र चारजना वडाध्यक्ष जितेको छ ।
जनता समाजवादी पार्टी नेपालले दुई वडामा जितेको छ । रास्वपा, नेमकिपा, एकीकृत समाजवादी र स्वतन्त्र उम्मेदवारले एक-एक वडामा जित हात पारेका छन् ।
अब कीर्तिपुर नगरपालिकाको मेयर, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष, हुम्ला सर्केगाड गाउँपालिका उपाध्यक्ष र बेलका नगरपालिका वडाध्यक्षको मत परिणाम आउन बाँकी छ ।
पछिल्लो नतिजाअनुसार कीर्तिपुरको मेयर र बेलकाको वडाध्यक्षमा कांग्रेसले अग्रता लिइरहेको छ । सर्केगाड र गौरीशंकरमा माओवादी अगाडि छ ।
कांग्रेसलाई घाटा, माओवादी फाइदामा,एमाले उस्तै
समग्रमा धेरै स्थानमा जिते पनि कांग्रेस यसपटक घाटामा गएको छ । पहिले जितेका केही महत्त्वपुर्ण पद उसले गुमाएको छ । कीर्तिपुर नगरपालिकाको मेयर बचाउने छ भनेर मान्दा पनि कांग्रेसलाई क्षति नै हुनेछ ।
यो निर्वाचनबाट कांग्रेसले यसअघि जितेका २ गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र एक उपमेयर गुमाएको छ । यस्तै यसअघि उसले जितेका १९ वडाध्यक्षमा चुनाव भएको थियो । त्यो पनि पूर्ति नहुने निश्चित भएको छ ।
माओवादीले २०७९ को चुनावमा जितेकामध्ये ८ स्थान खाली भएर उपचुनाव भएको थियो । अहिलेसम्मको अवस्थामा माओवादी फाइदामा गइसकेको छ । मतगणना भइरहेका दुई ठाउँमा पनि अगाडि छ ।
यसअघि एमालेले जितेका ७ स्थान रिक्त भएका थिए । जुन उसले प्राप्त गरिसकेको छ । गणना भइरहेका स्थानमा पनि उसले टक्कर दिइरहेको छ ।
अघिल्लो पटक स्थानीय तह चुनावमा धेरै ठाउँमा कांग्रेस र माओवादी मिलेर चुनाव लडेका थिए । यसपटक तीन दल छुट्टाछुट्टै प्रतिस्पर्धामा उत्रिएका छन् । माओवादीसँग मिल्दा प्राप्त गरेका सिट यसपटक कांग्रेसले गुमाएको छ ।
एक्लै लड्दा पनि पहिलेभन्दा धेरै सिट जितेर माओवादीले भने साख बचाएको छ । यद्यपी, उसले पहिले जितेका केही क्षेत्र गुमाएको छ भने केही नयाँ ठाउँ जितेको छ ।
एमालेका लागि धेरै क्षति नदेखिए पनि परिणाम उत्साहप्रद छैन । किनकि एक्लाएक्लै लड्दा पनि उसले अपेक्षित फाइदा लिन सकेन । एमालेले एउटा गाउँपालिका अध्यक्ष र एक उपाध्यक्ष कांग्रेसबाट खोस्दा केही वडाअध्यक्ष गुमाएको छ ।
अघिल्लो पटक कांग्रेसले जित्दै आएको केही ठाउँ माओवादीले खोसेको छ । तर, आधार इलाका मानिने रोल्पा, रुकुम र जाजरकोटका केही वडा गुमाएको चिन्ता भने माओवादीमा पनि छ ।
माओवादीले कांग्रेसको गढ मानिने मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जितेको छ । गोरखामा पनि एमालेबाट एउटा वडा खोसेको छ ।
अहिलेसम्मको परिणामको अवस्था
राजनीतिक दल |
उपचुनाव जित संख्या |
कांग्रेस |
१८ स्थान |
माओवादी |
९ स्थान |
एमाले |
७ स्थान |
रास्वपा |
१ स्थान |
जसपा नेपाल |
२ स्थान |
नेमकिपा |
१ स्थान |
नेकपा एस |
१ स्थान |
स्वतन्त्र उम्मेदवार |
१ स्थान |
नतिजा आउन बाँकी |
४ स्थान |
पालिका प्रमुख-उपप्रमुख
–काठमाडौंको कीर्तिपुर नगरपालिकामा मेयर पदको लागि मतगणना जारी छ । पछिल्लो परिणाम अनुसार कांग्रेस अगाडि छ । त्यहाँ अघिल्लो पटक कांग्रेसबाटै मेयर निर्वाचित भएका थिए ।
–जाजरकोटको नलगाड नगरपालिका उपमेयर कांग्रेसबाट माओवादीले खोसेको छ । माओवादी केन्द्रकी उम्मेदवार देवका लामिछाने विजयी भएकी छन् । अघिल्लो निर्वाचनमा कांग्रेसकी रसिता सिंह विजयी भएकी थिइन् ।
–मोरङको ग्रामथान अध्यक्ष पनि माओवादीले कांग्रेसबाट खोसेको छ । अहिले माओवादी केन्द्रका नमोनारायण माझी विजयी भएका छन् । यो पालिकामा २०७९ सालमा कांग्रेसले जित्दा माओवादी तेस्रो स्थानमा थियो ।
–दैलेखको महाबु गाउँपालिका कांग्रेसबाट एमालेले हत्याएको छ । नेकपा एमालेका जङ्गबहादुर शाही अध्यक्षमा विजयी भएका छन् । अघिल्लो निर्वाचनमा कांग्रेसका लछुमन गुरुङ विजयी भएका थिए ।
– यस्तै दोलखाको गौरीशंकरको परिणाम आउन बाँकी छ । गौरीशंकर गाउँपालिका उपाध्यक्ष पदमा अघिल्लो निर्वाचनमा कांग्रेसका श्यामसुन्दर तामाङ ४,७४१ मतसहित विजयी भएका थिए । एमालेका मुना सिवाकोटी केसीले ३,२८१ मत ल्याएकी थिइन् । यहाँ अहिले माओवादी अगाडि छ । कांग्रेस तेस्रो स्थानमा छ ।
–हुम्लाको सर्केगाडमा उपाध्यक्षका लागि चुनावमा मतगणना जारी छ । जहाँ अघिल्लो निर्वाचनमा माओवादीका चन्द्रसिंह कार्की ३,२६९ मतसहित विजयी हुँदा एमालेकी जुनकुमारी फडेराले १,०६४ मत पाएकी थिइन् । अहिले पनि माओवादीले अग्रता बनाएको छ।
–बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष कांग्रेसबाट एमालेले खोसेको छ । जहाँ सुलोचनाकुमारी भण्डारी बुढा विजयी भएकी छन् ।
–पूर्वी रुकुमको पुथाउत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष माओवादीले बचाएको छ । यहाँ माओवादीबाट नरपुरा बुढा निर्वाचित भएकी छन् अघिल्लो पटक यहाँ माओवादी केन्द्रका भूपेन्द्र बुढाले जितेका थिए ।
ओखलढुङ्गाको जिल्ला समन्वय समितिको प्रमुखमा कांग्रेसका टेकराज भट्टराई र कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा कांग्रेसकै टिकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित भएका छन् ।
स्थान |
पहिले जित्ने दल |
अहिले जित्ने दल |
काठमाडौं, कीर्तिपुर नगरपालिका (मेयर) |
कांग्रेस |
अग्रता |
जाजरकोट, नलगाड नगरपालिका (उपमेयर) |
कांग्रेस |
माओवादी |
मोरङ, ग्रामथान (अध्यक्ष) |
कांग्रेस |
माओवादी |
दैलेख, महाबु (अध्यक्ष) |
कांग्रेस |
एमाले |
दोलखा, गौरीशंकर (उपाध्यक्ष) |
कांग्रेस |
माओवादीलाई अग्रता |
हुम्ला, सर्केगाड (उपमेयर) |
माओवादी |
अग्रता |
बाजुरा, स्वामीकार्तिक खापर (उपाध्यक्ष) |
कांग्रेस |
एमाले |
पूर्वी रुकुम, पुथाउत्तरगङ्गा (उपाध्यक्ष) |
माओवादी |
माओवादी |
ओखलढुङ्गा, जिल्ला समन्वय समिति (प्रमुख) |
— |
कांग्रेस |
कैलाली, जिल्ला समन्वय समिति (प्रमुख) |
— |
कांग्रेस |
३३ वडामा कहाँ को ?
कोशी प्रदेश
– अघिल्लो पटक एमालेले जितेको झापाको कन्काई ६ मा अहिले स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भए ।
– तेह्रथुमको लालीगुराँस नगरपालिका–३ को वडाध्यक्ष कांग्रेसले जोगाएको छ । अघिल्लो पटक कांग्रेसकै नगेन्द्र लिम्बु विजयी बनेका थिए ।
– उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ को अध्यक्ष कांग्रेसबाट माओवादीले खोसेको छ । माओवादीका नवीनकुमार वान्तता राई निर्वाचित भए ।
– उदयपुरको बेलका नगरपालिका–९ मतगणना जारी छ । यहाँ यसअघि कांग्रेसले जितेको थियो ।
–सुनसरीको गढी गाउँपालिका वडा नम्बर ६ को अध्यक्षमा कांग्रेसका तेतर साहु निर्वाचित भएका छन् । जहाँ अघिल्लो पटक एमालेका सदानन्द उराँव झागर विजयी भएका थिए ।
–ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५ कांग्रेसबाट एमालेले खोसेको छ । अहिले एमालेका गङ्गाबहादुर तामाङ विजयी भएका छन् ।
–ताप्लेजुङको सिरिजंगा गाउँपालिका–३ मा पनि वडाध्यक्ष कांग्रेसबाट एमालेले खोसेको छ । जहाँ एमालेकी कुमारी साउदेन विजयी भएकी छन् ।
स्थान |
पहिले जित्ने दल |
अहिले जित्ने दल |
झापा, कन्काई-६ |
एमाले |
स्वतन्त्र (लक्ष्मीप्रसाद ओली) |
तेह्रथुम, लालीगुराँस नगरपालिका-३ |
कांग्रेस |
कांग्रेस |
उदयपुर, त्रियुगा नगरपालिका-१२ |
कांग्रेस |
माओवादी केन्द्र |
उदयपुर, बेलका नगरपालिका-९ |
कांग्रेस |
मतगणना जारी |
सुनसरी, गढी गाउँपालिका-६ |
एमाले |
कांग्रेस |
ओखलढुङ्गा, मोलुङ गाउँपालिका-५ |
कांग्रेस |
एमाले |
ताप्लेजुङ, सिरिजंगा गाउँपालिका-३ |
कांग्रेस |
एमाले |
मधेस प्रदेश
मधेस प्रदेशअन्तर्गत ६ वडाध्यक्ष पदका लागि उपनिर्वाचनको नतिजा यस्तो छ ।
–सप्तरीको डाक्नेश्वरी नगरपालिका १ र ४ नम्बर वडामा जसपा नेपालका उम्मेदवार विजयी भएका छन् । अघिल्लो चुनावमा यी दुबै वडा कांग्रेसले जितेको थियो । अहिले १ नम्बरमा जसपाका धीरेन्द्रकुमार साह र चार नम्बर वडामा देवेन्द्रप्रसाद यादव विजयी भएका छन् ।
–धनुषाको धनुषाधाम नगरपालिका–१ को वडाध्यक्ष कांग्रेसबाट माओवादीले खोसेको छ । जहाँ अहिले माओवादी केन्द्रका शुनीलकापर केवट निर्वाचित भएका छन् ।
–महोत्तरीको रामगोपालपुर–२ माओवादी केन्द्रले जोगाउन सकेन । जहाँ अहिले एमालेका सकिबुल खाँ विजयी भए ।
– रौतहट ईशनाथ नगरपालिका–७ को अध्यक्षमा कांग्रेसका शेख अब्दुल खलिक विजयी भएका छन् । जहाँ एमालेले जित जोगाउन सकेन । अघिल्लो पटक यहाँ एमालेका शेख खलीउल्लाह विजयी भएका थिए ।
– धनुषाको राजपुर नगरपालिका–६ को वडाध्यक्षमा कांग्रेसका समसे आलम विजयी भएका छन् । अघिल्लो पटक पनि कांग्रेसले नै जितेको थियो ।
– रौतहटकै राजपुर नगरपालिका–६ को वडा अध्यक्षमा कांग्रेसका समेस अलाम विजयी भए । यहाँ कांग्रेसले जित जोगाएको छ ।
– रौतहटको गढीमाई नगरपालिका–८ मा नेकपा एकीकृत समाजवादीका बजिरंगप्रसाद यादवले जितेका छन् । जहाँ अघिल्लो पटक जसपा नेपालका रामाज्ञा राय यादवले जितेका थिए ।
स्थान |
पहिले जित्ने दल |
अहिले जित्ने दल |
सप्तरी, डाक्नेश्वरी नगरपालिका-१ |
कांग्रेस |
जसपा नेपाल |
सप्तरी, डाक्नेश्वरी नगरपालिका-४ |
कांग्रेस |
जसपा नेपाल |
धनुषा, धनुषाधाम नगरपालिका-१ |
कांग्रेस |
माओवादी केन्द्र |
महोत्तरी, रामगोपालपुर-२ |
माओवादी केन्द्र |
एमाले |
रौतहट, ईशनाथ नगरपालिका-७ |
एमाले |
कांग्रेस |
धनुषा, राजपुर नगरपालिका-६ |
कांग्रेस |
कांग्रेस |
रौतहट, गढीमाई नगरपालिका-८ |
जसपा नेपाल |
एकीकृत समाजवादी |
रौतहट, राजपुर नगरपालिका-६ |
कांग्रेस |
कांग्रेस |
बागमती प्रदेश
– काठमाडौं महानगरपालिका –१६ मा रास्वपाले जित हासिल गरेको छ । अघिल्लो पटक कांग्रेसका मुकुन्द रिजालले जितेको सो ठाउँमा अहिले रास्वपाकी रोजिना श्रेष्ठले जितेकी हुन् ।
– काठमाडौं कीर्तिपुरको वडा नम्बर १ मा कांग्रेसले जितलाई निरन्तरता दिन सफल भएको छ । वडाध्यक्षमा कांग्रेस इच्छाकुमार महर्जन विजयी भए ।
– कीर्तिपुरको वडा नम्बर ४ मा कांग्रेसले जित थपेको छ । अघिल्लो पटक स्वतन्त्र उम्मेदवार श्यामकुमार अधिकारीले जितेको ठाउँमा यसपटक कांग्रेसका राजेन्द्र बानियाँ विजयी भए ।
– हेटौँडा उपमहानगरपालिका–१२ माओवादीबाट कांग्रेसले खोसेको छ । अघिल्लो पटक माओवादीका ललितबहादुर घलानले जितेको सो ठाउँमा अहिले कांग्रेसका अर्जुनप्रसाद तिवारीले जित हात पार्न सफल भए ।
– नुवाकोटको ककनी गाउँपालिका–२ मा अघिल्लो निर्वाचनमा कांग्रेसका तिलकबहादुर लामा विजयी भएको ठाउँमा अहिले माओवादीले जितेको छ । अहिले माओवादीका कृष्ण घिमिरेले जितेका छन् ।
स्थान |
पहिले जित्ने दल |
अहिले जित्ने दल |
काठमाडौं, कीर्तिपुर वडा नम्बर १ |
कांग्रेस |
कांग्रेस |
काठमाडौं, कीर्तिपुर वडा नम्बर ४ |
स्वतन्त्र |
कांग्रेस |
काठमाडौं, महानगरपालिका–१६ |
कांग्रेस |
रास्वपा |
हेटौँडा, उपमहानगरपालिका–१२ |
माओवादी |
कांग्रेस |
नुवाकोट, ककनी गाउँपालिका–२ |
कांग्रेस |
माओवादी |
गण्डकी प्रदेश
– गण्डकी प्रदेशमा उपनिर्वाचनको एक मात्र केन्द्र गोरखा नगरपालिका–५ हो । जहाँ अहिले माओवादी उम्मेदवार विष्णुबहादुर मगरले जितेका छन् । अघिल्लो निर्वाचनमा एमालेका खिलबहादुर रानाले जितेका थिए ।
स्थान |
पहिले जित्ने दल |
अहिले जित्ने दल |
गोरखा, नगरपालिका–५ |
एमाले |
माओवादी |
लुम्बिनी प्रदेश
– –रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–२ को वडाध्यक्ष माओवादी केन्द्रले निर्विरोध जितेको छ । अघिल्लो पटक माओवादीकै उम्मेदवारले जितेका थिए ।
– रोल्पाको रुन्टीगढी गाउँपालिका–४ मा कांग्रेसले नै जितेको छ । कांग्रेसका उम्मेदवार भूपमणि पुन मगर विजयी भएका छन् । पहिले पनि कांग्रेसका टंकबहादुर पुनले जितेका थिए ।
–गुल्मीको मुसिकोट नगरपालिका १ मा कांग्रेसले जित जोगाएको छ । अघिल्लो पटक कांग्रेसका मोहन घिमिरेले जितेको सो ठाउँमा अहिले कांग्रेसका आनन्द श्रेष्ठले जित हात परेका छन् ।
–कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ को वडाध्यक्षमा एमालेका मोहम्मद ताहिर मुसलमान निर्वाचित भएका छन् । जहाँ अघिल्लो पटक कांग्रेस विजयी भएको थियो ।
– बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा कांग्रेसले जित जोगाएको छ । यसअघि कांग्रेसकै अमिन थारू निर्वाचित भएका थिए ।
स्थान |
पहिले जित्ने दल |
अहिले जित्ने दल |
|
|
|
रुकुम पूर्व, पुथा उत्तरगंगा गाउँपालिका–२ |
माओवादी |
माओवादी (निर्विरोध) |
रोल्पा, रुन्टीगढी गाउँपालिका–४ |
कांग्रेस |
कांग्रेस |
गुल्मी, मुसिकोट नगरपालिका–१ |
कांग्रेस |
कांग्रेस |
कपिलवस्तु, शुद्धोधन गाउँपालिका–१ |
कांग्रेस |
एमाले |
बर्दिया, ठाकुरबाबा नगरपालिका–४ |
कांग्रेस |
कांग्रेस |
कर्णाली प्रदेश
– दैलेखको दुल्लु नगरपालिका १३ को वडाध्यक्षका लागि भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार लाल बहादुर शाही विजयी भएका छन् । जहाँ अघिल्लो पटक एमाले नै विजयी भएको थियो ।
– कालिकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार खड्कबहादुर शाही विजयी भएका छन् । अघिल्लो पटक माओवादी केन्द्रका परबहादुर शाही विजयी भएका थिए ।
– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ मा पार्टीको जित जोगाउँदै कांग्रेसका मोतीराम खत्री विजयी भएका छन् ।
– जाजरकोटको कुशे गाउँपालिका– ७ को वडाध्यक्षमा कांग्रेसका उम्मेदवार खम्बबहादुर सिंह विजयी भएका छन् । जहाँ अघिल्लो पटक माओवादीले जितेको थियो ।
– डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का नरबहादुर झाँक्री विजयी भएका छन् । अघिल्लो पटक यहाँ एमालेले जितेको थियो ।
स्थान |
पहिले जित्ने दल |
अहिले जित्ने दल |
दैलेख, दुल्लु नगरपालिका–१३ |
एमाले |
एमाले |
कालिकोट, तिलागुफा नगरपालिका–४ |
माओवादी |
नेपाल मजदुर किसान पार्टी |
रुकुम पश्चिम, सानीभेरी गाउँपालिका–५ |
कांग्रेस |
कांग्रेस |
जाजरकोट, कुशे गाउँपालिका–७ |
माओवादी |
कांग्रेस |
डोल्पा, त्रिपुरासुन्दरी नगरपालिका–५ |
एमाले |
माओवादी |
सुदूरपश्चिम प्रदेश
–कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा कांग्रेस फेरि विजयी भएको छ । कांग्रेसका प्रकाश चन्द विजयी भएका हुन् । अघिल्लो पटक कांग्रेसका महेन्द्र खड्काले जितेका थिए ।
–दार्चुलाको दुहुँ गाउँपालिका–५ को अध्यक्ष माओवादी केन्द्रबाट कांग्रेसले खोसेको छ । कांग्रेसका धनसिंह कुँवर विजयी भएका छन् । अघिल्लो पटक यहाँ माओवादीका मनोरथ भट्टले जितेका थिए ।
–डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेसका मोहन थापा विजयी भएका छन् । अघिल्लो निर्वाचनमा पनि यहाँ कांग्रेसकै पुष्पराज जोशीले जितेका थिए ।
–बझाङको सूर्मा गाउँपालिका–४ को वडाध्यक्षमा कांग्रेसका धिरेन्द्र पुजारा विजयी भएका छन् । अघिल्लो निर्वाचनमा यहाँ एमालेका सर्जनबहादुर बोहराले जितेका थिए ।
स्थान |
पहिले जित्ने दल |
अहिले जित्ने दल |
कञ्चनपुर, भीमदत्त नगरपालिका–६ |
कांग्रेस |
कांग्रेस |
दार्चुला, दुहुँ गाउँपालिका–५ |
माओवादी |
कांग्रेस |
डोटी, पूर्वीचौकी गाउँपालिका–६ |
कांग्रेस |
कांग्रेस |
बझाङ, सूर्मा गाउँपालिका–४ |
एमाले |
कांग्रेस |
Facebook Comment
Comment