१० दिने शिशु झाडीमा फाल्ने आमा प्रहरी फन्दामा

नेपालभ्युज

१० दिने शिशु झाडीमा फाल्ने आमा प्रहरी फन्दामा
सांकेतिक तस्वीर

हेटौंडा । मकवानपुरको  थाहा नगरपालिकामा  झाडीमा १० दिने शिशु फाल्ने आमा  प्रहरी  फन्दामा परेकी छन् ।  झापाको अर्जुनधारा नगरपालिका–६ घर भई हाल काठमाडौँ बस्दै आएकी २८ वर्षीया मेनुका धिताललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

धिताललाई प्रहरीले दिदीको घरबाटै नियन्त्रणमा लिएको जनाएको छ ।  प्रहरीका अनुसार  उनले थाहा नगरपालिका धारापानीस्थित दिदीको घरमा आएको बेला आफ्नो १० दिने शिशु (बालक)लाई झाडीमा फालेको स्वीकार गरेकी छन् ।

गत मंगलबार साँझ झाडीबाट शिशु रोएको आवाज आएपछि स्थानीयले प्रहरीलाई खबर गरेपछि  इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट शिशुको उद्धार गरेको थियो ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved