भोलिदेखि काभ्रेमा अत्यावश्यकबाहेकका सेवा बन्द

नेपालभ्युज

भोलिदेखि काभ्रेमा अत्यावश्यकबाहेकका सेवा बन्द

काभ्रे। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले भोलि (आइतबार)देखि अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने जनाएको छ। कार्यालयमा कार्यरत कर्मचारी कोरोना भाइरसबाट संक्रमित भएपछि अत्यावश्यक सेवा बन्द  गरिएको प्रशासनले जनाएको छ।

कार्यालयले विज्ञप्ति जारी गर्दै ९ माघदेखि १४ माघसम्म एक साताका लागि सेवा बन्द गरिएको जनाएको छ। विज्ञप्तिमा भनिएको छ, ‘अत्यावश्यक सेवाबाहेकका यस कार्यालयबाट प्रदान गरिने अन्य नियमित सेवाहरू (नयाँ नागरिकता वितरण, प्रतिलिपि नागरिकता वितरण, संघसंस्था तथा हातहतियारसम्बन्धी कार्यहरू, नाबालक परिचय-पत्र, राहदानी, राष्ट्रिय परिचय-पत्र) स्थगित छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved