सेनाको भैरव वाहन गुल्ममा कुकुर तिहार (तस्वीरहरू)

सेनाको भैरव वाहन गुल्ममा कुकुर तिहार (तस्वीरहरू)

काठमाडौं । आज कुकुर तिहार । आजको दिनमा कुकुरको पूजा र मीठा खानेकुरा दिने गरिन्छ ।

घरमा पालिएका र टोलका कुकुरलाई समेत माला लगाइदिएर मीठा खानेकुरा खान दिएर कुकुर तिहार मनाइन्छ । कुकुरलाई यमराजको द्वारपाल र बफादार प्राणीको रुपमा लिइन्छ । र, मानिसको आज्ञाकारी र रक्षक पनि मान्ने गरिएको छ ।

कुकुर तिहारको दिन नेपाली सेना, नेपाल प्रहरीले पनि आफ्ना कुकुरहरुको विशेष पूजा गर्ने गर्छन् । नेपाली सेनाको कुकुरको पूजा गर्ने, कुकुरका विभिन्न खेल खेलाउने गरिएको छ ।

सेनाले सानोठिमीस्थित भैरव वाहन गुल्ममा कुकुर तिहार मनाएको छ । यो गुल्म सेनासँग भएका तालिम प्राप्त कुकुरहरूको गुल्म हो । कुकुरहरूले पूजा अघि आफ्नो कला कौशल देखाएका थिए ।

तस्वीरहरू-

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved