अपहरणमा परेँ भनेकी महिलाको चाल्नाखेलबाट उद्धार, १ जना पक्राउ

नेपालभ्युज

अपहरणमा परेँ भनेकी महिलाको चाल्नाखेलबाट उद्धार, १ जना पक्राउ

काठमाडौं । अपहरणमा परेँ भन्दै फोन गरेकी महिलालाई प्रहरीले ललितपुरको चाल्नाखेलबाट उद्धार गरेको छ । ती महिलालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उद्धार गरेको हो ।

पीडित महिलालाई सकुशल उद्धार गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिए ।

बन्धक बनाउने काममा संलग्न एकजना युवतीलाई पनि प्रहरीले पक्राउ गरेको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रारम्भिक रुपमा लेनदेनको विषयमा विवाद देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पीडित भनिएकी महिलामार्फत चिनेका व्यक्तीले पोर्चुगल लैजान्छु भन्दै २१ लाख रुपैयाँ लिएका थिए । त्यसमध्ये ५ लाख रुपैयाँ उनीहरुले फिर्ता पाएका थिए । घटनामा संम्लग्न १ जना फरार रहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved