आन्दोलनरत चिकित्सकका प्रतिनिधिसँग ममता बनर्जीको भेटवार्ता, केही समय दिन आग्रह

नेपालभ्युज

आन्दोलनरत चिकित्सकका प्रतिनिधिसँग ममता बनर्जीको भेटवार्ता, केही समय दिन आग्रह

कलकत्ता । पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले १५ जना जुनियर चिकित्सकको प्रतिनिधिमण्डलसँग शनिबार उनको निवासमा भेटवार्ता गरेकी छन् ।

यसअघि, पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले शनिबार नै साल्ट लेक प्रदर्शनस्थलमा प्रदर्शन गरिरहेका जुनियर चिकित्सकलाई भेटी काममा फर्कन र समस्याको समाधानका लागि आफूलाई समय दिन आग्रह गरेकी थिईन् ।

उनले चिकित्सकलाई चाँडै काममा फर्कन आग्रह गर्दै पछिल्लो समय प्रदर्शनमा संलग्न चिकित्सकलाई राज्य सरकारले कुनै कारबाही नगर्ने आश्वासनसमेत दिएकी थिईन् ।

मुख्यमन्त्रीसँगको भेटमा जुनियर चिकित्सकले छलफल नभएसम्म आफूहरू मागबाट पछि हट्न तयार नरहेको बताएका छन् ।

शुक्रबार बनर्जीले जुनियर चिकित्सकले आन्दोलनपछि स्वास्थ्य प्रणालीमा व्यापक असर देखिएको र यो क्रममा २९ जनाको सेवाको जीवन गुमेको दाबी गरेकी छन् ।

जुनियर चिकित्सकसँग वार्ताको प्रयास असफल भएपछि मुख्यमन्त्री बनर्जीले शनिबार आँफै प्रदर्शनस्थलमा पुगी जुनियर चिकित्सकलाई भेटेकी थिईन् ।

चिकित्सकले साल्ट लेकस्थित स्वास्थ्य विभागको मुख्यालय अगाडि प्रदर्शन गरिरहेका छन् । बनर्जीले आन्दोलनरत चिकित्सकलाई आफू मुख्यमन्त्रीको रूपमा नभई दिदीको रूपमा भेट्न आएको बताएकी थिईन् ।
एएनआई


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved