विद्यार्थीलाई क्यानडास्थित नेपाली दूतावासको यस्तो सुझाव

नेपालभ्युज

विद्यार्थीलाई क्यानडास्थित नेपाली दूतावासको यस्तो सुझाव
फाइल तस्वीर ।

काठमाडौं । क्यानडास्थित नेपाली दूतावासले पर्याप्त जानकारी र तयारी गरेर मात्रै अध्ययनका लागि क्यानडा आउन विद्यार्थी तथा अभिभाकलाई सुझाव दिएको छ ।

अरुको उक्साहटमा आउँदा अनावश्यक दु:ख पाइने दूतावासले जनाएको छ ।

आफूले अध्ययन गर्ने कलेज, अध्ययन गर्ने विषय, लाग्ने खर्च, कलेज रहेको सहर आदिबारे पर्याप्त जानकारी लिएर मात्रै प्रक्रिया अगाडि बढाउन दूतावासले सुझाव दिएको छ ।

“रोजगारीका सम्भावनाबारे पर्याप्त मात्रामा जानकारी लिएर तयारीका साथ आउँदा एकै चोटी व्यहोर्नुपर्ने समस्याहरू सामना गर्न सहज हुन्छ । अभिभावकहरूले आफ्ना छोराछोरीको अध्ययन, आवास र बस्नेखाने खर्चको यथोचित प्रबन्ध गरेर मात्र पठाउनुपर्दछ,” दूतावासले भनेको छ ।

1-1723861249.jpg2-1723861218.jpg


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved