नयाँ बसपार्कमा २ महिनादेखि पार्किङ गरेर राखिएको बसभित्र युवक मृत भेटिए

नेपालभ्युज

नयाँ बसपार्कमा २ महिनादेखि पार्किङ गरेर राखिएको बसभित्र युवक मृत भेटिए
फाइल तस्वीर

काठमाडौं । गोँगबुस्थित नयाँ बसपार्कमा एक युवक मृत फेला परेका छन् ।

काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्कभित्र करिब दुई महिनादेखि पार्किङ गरेर राखिएको बा २ ख २३४४ नम्बरको बसभित्र युवक मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

ती युवक सुनसरीको इटहरी उपमहानगरपालिका–१३ का ३७ वर्षीय प्रल्लाद अधिकारी रहेको खुलेको छ ।

युवकको मृत्यु केहीदिन अघिनै भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे अनुसन्धान भइरहेको एसपी अधिकारीले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved