निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधान संसदीय समितिद्वारा अस्वीकृत

नेपालभ्युज

निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधान संसदीय समितिद्वारा अस्वीकृत

काठमाडौं । यौन हिंसाको आरोप लागेका कृष्णमान प्रधानको नाम संसदीय सुनुवाइ समितिले निर्वाचन आयुक्तमा सिफारिस गर्न अस्वीकृत गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको बैठकले प्रधानको नाम अस्वीकार गरेको हो ।

सोमबार सुनुवाइ समितिको बैठक बस्नुअघि नै प्रधानले निर्वाचन आयुक्तबाट नाम फिर्ता लिएको भन्दै समितिमा निवेदन दिएका थिए ।
समितिले सोही निवेदनलाई आधार बनाएर अस्वीकृत गर्ने निर्णय गरेको हो । प्रधानमाथि एक महिलाले यौन शोषण गरेको र अदालतमा मुद्दा दायर गरेपछि पैसा दिएर मिलापत्र गराएको भन्दै उजुरी गरेकी थिइन् । पीडित महिला आफै संसदीय सुनुवाइ समितिमा उपस्थित भएर बयान दिएकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved