विमान दुर्घटनामा मृत्यु भएकाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइने

नेपालभ्युज

विमान दुर्घटनामा मृत्यु भएकाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेर मृत्यु भएका १८ जनाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ ।

जहाज दुर्घटनामा परेपछि बुधबार साँझ बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले शोक मनाउन बिहिबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

यससँगै बैठकले जहाज दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति पनि गठन गरेको छ । नागरिक उड्ययन प्राधिकरणका पूर्वडीजी रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको हो ।

मर्मतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उडान भर्ने क्रममा सौर्य एयरको जहाज बुधवार बिहान दुर्घटनामा परेको थियो ।

उडान भरेको केही सेकेण्डमै दुर्घटनामा परेको जहाजमा सवार १९ मध्ये १८ जनाको मृत्यु भएको छ ।

जहाजका चालक मनीषरत्न शाक्यको जीवितै उद्धार गरिएको थियो । उपचारत शाक्य खतरामुक्त छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved