मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिने

नेपालभ्युज

मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिने

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिने भएका छन् ।

माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको सुझावपछि मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभालाई सम्बोधन गरेर राजीनामा दिने भएका हुन् ।

आइतबार संसदीय दलको बैठकमा सांसदहरूले राजीनामा दिन सुझाव दिएको थियो ।

संघीय सरकार परिवर्तनसँगै प्रदेश सरकारमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट सहभागी पाँच मन्त्रीले गत असार २४ गते राजीनामा दिएपछि प्रदेश सरकार अल्पमतमा परेको छ ।

मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिने तयारी थियो । तर, राजीनामा दिन लागेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved