कोटेश्वरको गेस्टहाउसबाट ६ बालिकाको उद्दार, सञ्चालक पक्राउ

नेपालभ्युज

कोटेश्वरको गेस्टहाउसबाट ६ बालिकाको उद्दार, सञ्चालक पक्राउ

काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित एक गेस्ट हाउसबाट ६ जना बालिकाको उद्दार गरिएको छ ।

बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका कर्मचारीले गेस्ट हाउसबाट उनीहरूलाई बिहिबार राती उद्दार गरेका हुन् ।

रामेछापका नवीन थापाले सञ्चालन गरेको रामेछाप खाजाघर एन्ड गेस्ट हाउसमा बालिकालाई आर्थिक प्रलोभनमा ललाईफकाई असामाजिक काममा लगाएको जानकारी प्राप्त भएपछि प्रहरी टोली गेस्ट हाउस पुगेको थियो ।

गैरकानुनी गतिविधिमा संलग्न भएको अभियोगमा सञ्चालक थापा र काठमाडौं कागेश्वरी मनोहराका उज्ज्वल खड्कालाई नियन्त्रणमा लिइएको ब्युरोका सूचना अधिकारी गौतम मिश्रले जानकारी दिए ।
रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved