पहिरोले बागलुङ–बेनी–जोमसोम सडक अवरुद्ध

नेपालभ्युज

पहिरोले बागलुङ–बेनी–जोमसोम सडक अवरुद्ध

गलकोट । अविरल वर्षाका कारण पहिरो खस्दा बागलुङ–बेनी– जोमसोम सडक अवरुद्ध भएको छ ।

कालीगण्डकी करिडोर मालढुङ्गा–जोमसोम सडकको विकल्पका रूपमा रहेको उक्त सडकको बागलुङ खण्ड अवरुद्ध भएको हो ।

बागलुङ नगरपालिका–४ बान्द्रेमा सडकमाथिबाट पहिरो खस्दा बागलुङ–बेनी–जोमसोम सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिए ।

यादवका अनुसार बागलुङ सडक डिभिजन कार्यालयको पहलमा सडक खुलाउन पहल भइरहेको बताए । करिडोरको मालढुङ्गा–बेनी–जोमसोम सडक स्तरोन्नति भइरहेको सन्दर्भमा मुस्ताङ जाने पर्यटकले समेत उक्त सडक प्रयोग गर्दै आइरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved