बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर अवरुद्ध

नेपालभ्युज

बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर अवरुद्ध
फाइल फोटो

काठमाडौं । अविरल वर्षाका कारण ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर बन्द भएको छ ।

बागलुङको जैमिनी नगरपालिका–१ स्थित ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा तराई र पहाड जोड्ने मुख्य मार्गमा यातायात सेवा अवरुद्ध भएको छ ।

खोलाले बाटो बगाउदा बुटवल, भैरहवा, कपिलवस्तु, दाङ, मुक्तिनाथ जाने सवारीसाधनको आवतजावत ठप्प भएको छ ।

करिडोर अवरुद्ध हुँदा जैमिनी नगरपालिकाको वाइनकुना, जैदी, छिस्ती, जैदी, अर्जेवा, बिनामारे र बरेङ गाउँपालिकाका विभिन्न ठाउँबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउने सवारीसाधन समेत रोकिएका छन् ।

वर्षा जारी रहेकाले करिडोर खुलाउन सकिएको छैन । वर्षा रोकिएपछि करिडोर खुलाउन पहल गर्ने प्रहरीले जनाएको छ ।

 

वर्षाले मध्यपहाडी लोकमार्गमा पनि क्षति पुगेको छ ।

बाढीले बागलुङ्को गलकोट नगरपालिका–३ हटियादेखि बडिगाड गाउँपालिका–२ हाँडीखोलासम्मको करिब १५ किलोमिटर सडकमा क्षति पुगेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved