शिल्पीमा कुमारीको कथा ‘अग्निचक्षु’ (तस्वीरहरु)

शिल्पीमा कुमारीको कथा ‘अग्निचक्षु’ (तस्वीरहरु)

काठमाडौ। जीवित देवी कुमारीको कथामा आधारित नाटक ‘अग्निचक्षु’ को बत्तिसपुतली स्थित शिल्पी थिएटरमा यही जेठ १६ गतेदेखि मञ्चन सुरु भएको छ।

नाटक ‘अग्निचक्षु’ मा नेपालमण्डल जोगाउन गरेको मञ्जुलानीको वीराङ्गनाको कथा, मल्ल राजाहरूले आराधनाकी देवीको रूपमा कुमारीलाई पुज्दै आएको कथा र विशेष गरी कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले तुलजा भवानी सँग पासा खेल्ने गरेको कथाहरु देखाइएको छ।

चन्द्रप्रसाद पाण्डेयको लेखन रहेको नाटकमा अनुप तिमिल्सिनाले संगित संयोजन गरेका छन्। यसैगरी मञ्च/प्रकाश परिकल्पना झकेन विसीको रहेको छ भने मञ्च निर्माण निराजन डोटेल र हिमाल भुजेलले गरेका छन्। नाटकमा जे डी तमूको कोरियोग्राफी रहेको छ।

झकेन बिसीको परिकल्पना तथा निर्देशन रहेको नाटकमा मञ्जु श्रेष्ठ, संगीता उराँव, हेना नगरकोटी, कृष्णभक्त महर्जन, सविन कट्टेल, श्रीशेष श्रेष्ठ, धिरज थापा मगर, शान्ता प्रजापति, राजेन्द्र डंगोल र एअरिका चौलागाईंको अभिनय रहेको छ।

साइलेन्ट एक्टको प्रस्तुति रहेको नाटक मंगलबारबाहेक साताको प्रत्येक दिन साँझ ५:३० बजे र शनिबार १ बजे अतिरिक्त सो हुनेछ। नाटकको समयावधि करिब डेढ घण्टा रहेको छ।

तस्वीरहरु:-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved