सभामुख घिमिरेले प्रधानमन्त्रीसँग छलफल गर्दै

नेपालभ्युज

सभामुख घिमिरेले प्रधानमन्त्रीसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्दैछन् । संसद् अवरोध लगायतका विषयमा सभामुख घिमिरेले प्रधानमन्त्रीसँग अहिले केहीबेरमा छलफल गर्न लागेका हुन् ।

“प्रतिपक्षीको अवरोधका कारण संसदबाट राष्ट्रपतिलाई धन्यवाद प्रस्तावसमेत पारित नभएको विषयमा सभामुखले गम्भीर रूपमा लिनुभएको छ,” उनको सचिवालयले भनेको छ ।

सभामुख घिमिरेले धन्यवाद प्रस्ताव पारित गर्न, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र र अध्यादेश पेस गर्न मंगलबार कार्यव्यवस्था बैठक र प्रमुख सचेतकहरूसँगको बैठकमा ध्यानाकर्षण गराएका थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि कांग्रेसले संसद् बैठक अवरुद्ध गरेको थियो । कांग्रेसले बैठक चल्न नदिएपछि राष्ट्रपतिलाई दिने धन्यवाद प्रस्ताव समेत पारित हुन सकेको थिएन ।

कांग्रेसको अवरोधपछि संसद् बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved