काठमाडौं । जनकपुरधाममा मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु भएको छ । गृहमन्त्री रवि लामिछाने र मुख्यमन्त्री सरोज कुमार यादवले गोष्ठीको उद्घाटन गरेका हुन् ।
गोष्ठीमा मधेशका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखी, प्रदेश प्रहरी कार्यालय र आठै जिल्लाका सुरक्षा अधिकारीहरु सहभागी छन् ।
गोष्ठीमा प्रदेशको सुरक्षा चुनौती, सुरक्षा तथा विपद् व्यवस्थापन, सेवा प्रवाह र शान्ति सुरक्षा कायम राख्न अपनाइने रणनीति विषयमा छलफल हुने मधेशका गृहसचिव विरेन्द्र कुमार यादवले जानकारी दिए ।
गोष्ठी अघि गृहमन्त्री लामिछानेले आरती साह मृत्यु प्रकरणबारे अनुसन्धानमा खटेका सुरक्षा अधिकारीसँग र मिटरब्याज पीडितहरुसँग समेत छलफल गरेका थिए ।
मिटरब्याजको समस्या समाधान गर्न आयोगले काम गरिरहेको र सबै पीडितलाई न्याय दिने प्रतिबद्धता गृहमन्त्री लामिछानेले जनाएका छन् ।
Facebook Comment
Comment