काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले छलफलका लागि आज गृहमन्त्री रवि लामिछाने(Ravi Lamichhane)लाई बोलाएको छ ।
गृह मन्त्रालयको काम कारबाहीका विषयमा छलफल गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोलाइएको समितिले जनाएको छ ।
समितिको बैठक बुधबार बिहान ११ बजे सिंहदरवारमा बस्ने छ । बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने कार्यसूची छ ।
बैठकमा गृहसचिव, नेपाल प्रहरीका महानिरीक्षक र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखलाई पनि बोलाइएको छ।
यसैबीच, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले पनि बैठक बोलाएको छ । बिहान ११ बजे नै बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको कार्यक्षेत्र र कार्ययोजना तथा विविध विषयमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
Facebook Comment
Comment