काठमाडौं । पाकिस्तानका राष्ट्रपति असिफ अली जरदारीकी कान्छी छोरी बिबी आसिफा भुट्टो जरदारी औपचारिक रूपमा पाकिस्तानको राजनीतिमा प्रवेश गरेकी छिन् ।
राष्ट्रपति भएपछि जरदारीकी पिताले खाली गरेको राष्ट्रिय सभाको सिटका लागि उम्मेदवारी दिएर उनले पाकिस्तानमा औपचारिक रूपमा राजनीतिक जीवनको थालनी गरेकी हुन् ।
सिन्ध प्रान्तको एनए–२०७ निर्वाचन क्षेत्रमा हुन लागेको उपनिर्वाचनका लागि आसिफाले उम्मेदवारी दर्ता गराएकी छन् ।
आसिफाले एनए–२०७ को उपनिर्वाचनका लागि आफ्नो मनोनयन पत्र पेस गरेकी छन् ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री बेनजीर भुट्टोका पति, असिफाका पिता तथा पाकिस्तानी राष्ट्रपति जरदारीले एनए–२०७ निर्वाचन क्षेत्रबाट पाकिस्तानको संसदीय निर्वाचनमा विजयी भएका थिए ।
उनी राष्ट्रपति भएपछि उनले जितेको निर्वाचन क्षेत्र खाली भएको छ ।
राष्ट्रपति जरदारीले छोरी आसिफालाई देशको प्रथम महिला नियुक्त गरिसकेका छन् ।
परम्परागत रूपमा राष्ट्रपतिको पत्नीलाई दिने गरिएको प्रथम महिलाको सम्मान पाकिस्तानको इतिहासमा पहिलो पटक राष्ट्रपतिकी छोरीलाई दिइने छ ।
पाकिस्तानकी एक मात्र महिला प्रधानमन्त्री बनेकी आसिफाकी आमा बेनजिर भुट्टो जरदारीको सन् २००७ मा रावलपिण्डीमा भएको आत्मघाती बम विस्फोट र आक्रमणमा हत्या भएको थियो ।
भुट्टोका भाइ बिलावलले यसअघि अप्रिल २०२२ मा इमरान खानलाई प्रधानमन्त्री पदबाट हटाएपछि बनेको पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) सरकारमा पाकिस्तानको विदेशमन्त्रीको रूपमा काम गरिसकेका छन् । –एएनआई
Facebook Comment
Comment