पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुन सुन तस्करी प्रकरणमा पक्राउ

नेपालभ्युज

पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुन सुन तस्करी प्रकरणमा पक्राउ

काठमाडौं । सहकारी ठगी र सुन तस्करी प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन् ।

प्रहरीले उनलाई धापासीबाट भर्खरै पक्राउ गरेको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका सचिवालय संयोजक दीपक बोहराले नेपालभ्युजलाई जानकारी दिए ।

सहकारी ठगी र सुन तस्करी प्रकरणमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । उनी फरार थिए । सुन तस्करी छानबिन आयोगले प्रतिवेदन सरकारलाई बुझाएलगतै पुन पक्राउ परेका हुन् ।

पुनले चीनबाट सुन तस्करी गरेको प्रमाण सार्वजनिक भएको थियो । सो प्रकरणमा पूर्व उपराष्ट्रपति पुनका अर्का छोरा पनि मुछिएका हुन् । अर्काे छोरा जितेन्द्रले सुन कारोबारका लागि सम्झौता नै गरेको भिडिओ सार्वजनिक भएको थियो ।

दिपेशले तस्करीका नाइकेलाई पारिवारिक सदस्य रुपमा उपराष्ट्रपतिको पहुँचमा पुर्या‍एका थिए । सुन काण्डका मुख्य आरोपी चिनियाँ मूलका दावा छिरिङ जेल पुग्दा पुनका छोराहरु भने राजनीतिक संरक्षणकै कारण जोगिँदै आएका थिए । अहिले भने उनीहरु पक्राउ परेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved